जनसभाका लागि मोरङ कानेपोखरीका ४ विद्यालय बन्द गर्न माओवादीको दवाव, सडक छेकेर मञ्च निर्माण

विराटनगर १२ फागुन । नेकपा माओवादी केन्द्र कानेपोखरीले जनसभाका लागि विद्यालय बन्द गर्न दवाव दिएको छ । कानेपोखरी ६ रमाइलोमा तराई–मधेश जागरण अभियान अन्र्तगतको जनसभा कार्यक्रमका लागि मोरङ कानेपोखरीका ४ वटा विद्यालयलाई पत्र पठाएर विद्यालय बन्द गर्न दवाव दिएको हो । बालजगत इंग्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ड हर्माेन एकेडेमी र जेनिथ इंग्लिस बोर्डिङ स्कुललाई […]

नृत्य निर्देशक दीपेन्द्र थापा बुढानिलकण्ठ स्कुलबाट सम्मानित

विराटनगर ११ फागुन । विराटनगर २ काे बुढानिलकण्ठ इङलिस स्कुलबाट नृत्य निर्देशक दीपेन्द्र थापा सम्मानित हुनु भएकाे छ । स्कुलकाे ४१ औ बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा वरिष्ठ नृत्यनिर्देशक थापालाइ सम्मानित गरेकाे हाे । थापाले १७ वर्षदेखि बुढानिलकण्ठ स्कुलमा नृत्य निर्देशककाे कार्य गर्दै आउनु भएकाे छ । थापा, विद्यालयमा लामाे समयदेखि क्रियाशिल रहेकाले उहाँको याेगदानकाे […]

बुढानिलकण्ठ स्कूलकाे ४१ औं अभिभावक दिवस

विराटनगर ९ फागुन । विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कुलले आज स्कूल प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजना गरी ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले नाटक, गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । […]

नेपाली विद्यार्थीलाई न्याय माग्दै अखिल विराटनगरको श्रद्धाञ्जली सभा

विराटनगर  ८ फागुन  । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको घटनामा न्याय माग गर्दै आज साँझ विराटनगरस्थित रानी नाकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगर कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । रानी नाकामा अनेरास्ववियु विराटनगर महानगर कमिटीले मैनबत्ती बालेर प्लेकार्ड प्रदर्शन गर्दै न्यायको माग गरेको हो। अनेरास्ववियु महानगर कमिटी […]

निर्वाचनमा यूवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सत्यनारायण माविकी यूनिषा गौतम प्रथम

विराटनगर ८ फागुन । नवौ निर्वाचन दिवसको अवसरमा प्रदेश निर्वाचन कार्यालय विराटनगरले आज वक्तृत्वकला प्रतियोगिता गरेको छ । निर्वाचनमा यूवाको भूमिका विषयक प्रतियोगितामा सत्यनारायण माविकी यूनिषा गौतम प्रथम भएकी छिन् । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा आदर्श […]