
विराटनगर ९ फागुन । विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।
स्कुलले आज स्कूल प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजना गरी ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
वार्षिक उत्सवमा विद्यार्थीहरुले नाटक, गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
कार्यक्रम दुई चरणमा हुने छ । पहिलो चरणमा नर्सरीदेखि कक्षा ४ सम्म आज र दोस्रो चरणमा कक्षा ५ देखि कक्षा १० सम्मका शनिबार हुने स्कूलले जनाएको छ ।
कार्यक्रममा पहिलो चरणका प्रमुख पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलिया, स्कुलका संस्थापक अध्यक्ष खगेन्द्र पाण्डे र स्कुलका प्रिन्सिपल मणिराज भट्टराईलगायतले बोलेका थिए ।
प्रिन्सिपल भट्टराईले व्यवहारिक शिक्षासँगै विद्यार्थीहरुलाई नैतिक शिक्षा दिएर विद्यालयहरु अगाडी बढाउँने बताए । उनले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएको कारणले बुढानिलकण्ठ स्कुलले राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरेर अगाडी बढ्ने बताए ।
विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेको कारण सबैको रोजाइमा स्कुल पर्दै गएको उनले बताए ।
कार्यक्रम स्कूलका सञ्चालक समितका अध्यक्ष बुद्धिबहादुर प्रधानको सभापतित्वमा कार्यक्रम भएको थियो । स्कूलका नर्सरीदेखि कक्षा १० सम्म करिव १ हजार ३ सय भन्दा विद्यार्थीहरु रहेको स्कूलले जनाएको छ ।
सोही अवसरमा स्कुलले स्कलका संस्थापक फाउण्डर अध्यक्ष खगेन्द्र पाण्डे र संस्थापक ज्ञचनु पाण्डेलाई प्रमुख अतिथि प्राडा थपलियाले सम्मानपत्रका साथ दोसला ओढाएर सम्मान गरे ।
२०४० सालमा स्थापित यस स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा बनाउन सफल भएको छ ।