नृत्य निर्देशक दीपेन्द्र थापा बुढानिलकण्ठ स्कुलबाट सम्मानित

विराटनगर ११ फागुन । विराटनगर २ काे बुढानिलकण्ठ इङलिस स्कुलबाट नृत्य निर्देशक दीपेन्द्र थापा सम्मानित हुनु भएकाे छ ।

स्कुलकाे ४१ औ बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा वरिष्ठ नृत्यनिर्देशक थापालाइ सम्मानित गरेकाे हाे ।

थापाले १७ वर्षदेखि बुढानिलकण्ठ स्कुलमा नृत्य निर्देशककाे कार्य गर्दै आउनु भएकाे छ ।

थापा, विद्यालयमा लामाे समयदेखि क्रियाशिल रहेकाले उहाँको याेगदानकाे उच्च मूल्यांकन गर्दै सम्मान गरिएको प्रिन्सिपल मणिराज भट्टराईले जानकारी दिनुभयाे ।