निर्वाचनमा यूवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सत्यनारायण माविकी यूनिषा गौतम प्रथम

विराटनगर ८ फागुन । नवौ निर्वाचन दिवसको अवसरमा प्रदेश निर्वाचन कार्यालय विराटनगरले आज वक्तृत्वकला प्रतियोगिता गरेको छ । निर्वाचनमा यूवाको भूमिका विषयक प्रतियोगितामा सत्यनारायण माविकी यूनिषा गौतम प्रथम भएकी छिन् ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश २ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा आदर्श माविका सुजन खत्री दोश्रो र सत्यनारायण मावि शिवानी राउन तेश्रो भएकी छिन् । महेन्द्र रात्री मावि विराटनगरका शिक्षक ठाकुरप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका शिव घिमिरे र विराटनगर महानगरपालिकाका कृष्ण भट्टराईको निर्णायक मण्डलले विजेताहरु घोषणा गरेको थियो ।

प्रतियोगितामा विराटनगरका विभिन्न सामुदायिक विद्यालयका १३ जना विद्यार्थी सहभागि भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो । वक्तृत्वकला प्रतियोगितामा जिसस मोरङका प्रमुख अजम्वर राई, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतको सहभागिता रहेको थियो ।