विराटनगर सीमा क्षेत्रबाट ६२ महिला तथा बालिकालाई फकाईयो, भारतबाट २ जनाको उद्धार

विराटनगर ८ साउन । माईती नेपाल विराटनगरले पछिल्लो ६ महिनामा ६२ जनालाई सीमा क्षेत्रबाट फर्काएको छ । विराटनगर रानी सीमा क्षेत्रबाट ६२ महिला तथा बालिकालाई फर्काइएको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । माईती नेपाल विराटनगरले बाल यौन शोषण तथा मानव बेचबिखन विरुद्ध आज आयोजना गरेको क्षमताविकास कार्यक्रममा सो जानकारी दिईएको हो […]

अत्यधिक मदिरा सेवनका कारण झापामा दुई जनाको मृत्यु

विराटनगर ८ साउन । अत्यधिक मदिरा सेवन गरेर झापामा दुई जनाको मृत्यु भएको छ । एक जनालाई कनकाईको सडक किनारमा र अर्का व्यक्तिलाई विर्तामोडमा सुङ्गुरको खोरमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बिहीबार बिहान कनकाई–४ स्थित सडक किनारमा ६० वर्षीय चन्द्र शिवाकोटी मृत भेटिएका हुन् […]

समुदायका लागि चिकित्सक संस्थाले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

विराटनगर ८ साउन । समुदायका लागि चिकित्सक संस्था काठमाण्डौँले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । संस्थाद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यही साउन १० गते विराटनगरको महेन्द्र चोकमा संचालन हुने स्वास्थ्य शिविरमा प्रसुति तथा महिला रोग, हाडजोर्नी दन्त रोग, प्रयोगशाला परिक्षण आन्तरिक रोग लगायतका सेवा वरिष्ठ एवं दक्ष चिकित्सकहरुले प्रदान गर्नुहुने छ […]

माेरङ धनपालथानको धार्मिक तथा शैक्षिक अध्ययन सम्वन्धि पुस्तक सार्वजनिक

विराटनगर ७ साउन । मोरङको दक्षिण सीमावर्ती क्षेत्रमा अवस्थित धनपालथान गाउँपालिकाको ऐतिहासिक, धार्मिक र शैक्षिक अध्ययन समेटिएर तयार गरिएको पुस्तकको आज विराटनगरमा विमोचन गरिएको छ। उक्त पालिकाको नामाकरणको ऐतिहासिक महत्व, विभिन्न जातजातिको वसोवास अवस्था , धार्मिक आस्था, शैक्षिक संस्था लगायत विषयहरुको अध्ययन गरि २४५ पृष्ठको पुस्तक प्रकासन समितिले प्रकाशित गरेको हो । पुस्तकमा पालिकामा रहेका […]

पुष्पलालकाे स्मृतिमा एमाले विराटनगरकाे दिप प्रज्वलन

विराटनगर ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे ४७ औं स्मृति दिवसमा नेकपा एमाले विराटनगरले दिप प्रज्वलन गरेकाे छ । विराटनगर पुष्पलालचोक स्थित पुष्पलालको सालिकमा माल्यार्पण पनि गरिएको थियाे । कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्यद्वय नरेन्द्र बस्नेत, सरस्वती खरेल, जिल्ला कमिटी सचिव सोमराज थापा, नेता महेश भट्टराई, कोशी प्रदेश सभा सांसद ललिता चौधरी, […]