मोरङमा फागुन २२ देखि मतदाता नामावली अद्यावधिक गरिने

विराटनगर १९ फागुन । आगामी वैशाखमा चितवनमा हुने उपनिर्वाचनलाई लक्षित गरेर मोरङमा पनि मतदाता नामावली अद्यावधिक गरिने भएको छ । फागुन २२ गतेदेखि चैत १ गते सम्म मतदाता नामावली अद्यावधिक, दावी विरोध सहितको कार्यक्रम सञ्चालन गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । निर्वाचन कार्यालयले आज मोरङका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग मतदाता नामावली अद्यावधिकका […]

मिसन ग्रासरुटः समाजलाई योगदान गर्नेको पहिचान देखि पार्टी प्रवेशको लहर

विराटनगर, १८ फागुन । नेकपा एमालेले देशब्यापी रुपमा थालेको मिसन ग्रासरुट अभियानले प्रदेश १ मा तिब्रता लिँदै गएको छ । पार्टीका केन्द्रीय नेताहरु सहित प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरु यतिबेला विभिन्न योजना लिएर जनताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न गरेर यतिबेला पालिका र वडास्तरका विस्तारित बैठक सम्पन्न हुने क्रममा […]

नगर बस सञ्चालनका लागि कार्यबाहक मेयर कार्कीको नेतृत्वमा रुट परीक्षण

विराटनगर, १८ फागुन । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । आज दुईवटा बसबाट महानगरका विभिन्न रुटमा परीक्षण गरिएको थियो । […]

मानव अधिकार र मानवीय अवस्थाका विषयक अन्तरक्रिया सम्पन्न

विराटनगर १७ फागुन । मानव अधिकार र मानवीय अवस्था विषयक अन्तरक्रिया कार्यक्रम आज विराटनगरमा सम्पन्न गरिएको छ । इन्सेक प्रदेश १, कार्यालयको आयोजनामा प्रदेश १, को मानव अधिकार र मानवीय अवस्थाका बारेमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्यालले इन्सेकले विगत ३० वर्ष देखि मानव अधिकार उल्लङघन तथा […]

कोशी प्रदेशका लागि एमालेद्धारा प्रस्ताव दर्ता

विराटनगर १७ फागुन । प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ । एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर ‘कोशी’ प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन । नामकरणका लागि प्रस्ताव दर्ता गराउन प्रदेश १ सचिवालयले दलहरूलाई दिउँसो १ बजे सम्मको […]