विराटनगर २२ चैत । मोरङ ग्रामथान १ स्थित राम जानकी मन्दिरका अध्यक्ष नमोनारायण माझी सहित ९ जना विरुद्ध गाली बेइजती मुद्धा लगाउने ग्रामथान गाउँपालिकाले तयारी गरेको प्रति आपत्ती जनाईएको छ ।
अध्यक्ष माझीले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै गाउँपालिका कार्यवाहक अध्यक्ष गुणावती माझीलाई प्रश्न गरेकै भरमा मुद्धा चलाउने गाउँपालिकाल गरेको निर्णयप्रति उहाँले आपत्ती जनाउनु भएको हो । ऐतिहासिक राम जानकी मन्दिरको पुर्ननिर्माणका लागि गाउँपालिकामा डेलीगेसन गर्न जाँदा गाउँपालिका नेतृत्वले वेवास्ता गरेका कारण ढोका ढेलेर कार्यवाहक अध्यक्षको कार्यकक्षमा प्रवेश गरेकै आधारमा मुद्धा चलाउने तयारी गर्नु लोकतन्त्र विरोधी कार्य गरेको उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष माझीले सामान्य ढकेलाढकेलको विषयमा प्रहरी चौकी हरैचाकी इन्चार्ज मुना डाँगीको रोहवरमा साम्य भईसकेको बताउनुभयो । ग्रामथानका पूर्व वडाध्यक्ष समेत रहनु भएका माझीले गैरजिम्मेवार कार्य नगर्न सचेत गराउनु भएको छ ।
गत वर्षपनि हनुमानको पुरानो जिर्ण मुर्ती सेलाएकको विषयमा गाउँपालिकाले निर्णय गरि प्रहरीमा उजुरी दिएर दुःख दिने काम गरेको अध्यक्ष माझीको भनाई छ ।