विराटनगर २५ पुस । कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको छ । आज राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस लगतै प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य भएको सूचना […]
विराटनगर २५ पुस । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आवश्यक कानुनको अभावमा प्रदेश सरकार महा अलमलमा परेको बताउनु भएको छ । नेपाली कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको गठबन्धनका उम्मेदवारसितको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नेता सिटौलाले प्रदेश सरकार नाममात्रको सरकार भएको टिप्पणी गर्नुभयोे । संविधानले शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई दिए पनि […]
विराटनगर २४ पुस । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट सर्वसम्मत चयन हुनु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट सर्वसम्मत सभामुखमा चयन भएको घोषणा गर्नुभयो । तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेपछि कोशी प्रदेशको सभामुख पद रिक्त थियो । प्रदेशसभा सचिवालयले मंगलबार संविधानको धारा […]
विराटनगर २४ पुस । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने निर्णयप्रति एमालेमा असन्तुष्टी देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंगलबार विहान बसेको संसदीय दलको बैठकले राप्रपाले सभामुख पाए सघाउने निर्णय गरेको प्रति संसदीय दल भित्र असन्तुष्टी देखिएको हो । प्रदेश सरकारलाई समर्थन गरेर बाहिर बस्नेकुरा प्रदेशको सन्दर्भमा सान्दर्भीक नभएको […]
विराटनगर, २३ पुस । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेको छ । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोवाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाखको सामान काम नलाग्ने भएको थियो । सप्तकोशी नदीस्थित पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनको […]