विराट क्षितिजलाई ‘आईटी प्रोफेसनल’ कलेज बनाईने

विराटनगर १९ जेठ । विराटनगरको विराट क्षितिज कलेजलाई आईटी प्रोफेसनल कलेज बनाईने भएको छ । विराटनगर २ बरगाछीमा रहेको कलेजलाई आईटी प्रोफेसनल बनाउने तयारी कलेज ब्यवस्थापन पक्षले गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्वन्धन प्राप्त गरेको विराट क्षितिजको अहिले व्यवस्थापकीय र प्रशासनिक नेतृत्व परिवर्तन भएको छ ।

विराटनगरमा नाम चलेका शैक्षिक संस्थाका अनुभवी युवा व्यक्तित्वहरु दिनेश दाहाल, ज्ञानेन्द्र कार्की र कान्तिपुर एजुकेशन फाउन्डेनले कलेजको व्यवस्थापकीय र प्रशासनिक नेतृत्व गर्ने आज कलेजमा आयोजित पत्रकार सम्मेलनमा कलेजका संयोजक दिनेश दाहालले जानकारी दिनुभयो । उहाँले विराट क्षितिजलाई आईटी फ्रोफेसनल कलेजका रुपमा स्थापित गरिने बताउनुभयो । उहाँले कलेजको गुणस्तर सुधारका लागि प्रविधिमैत्री कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला, ट्रेनिङको अतिरिक्त कक्षा सञ्चालन, इन्टनशिपको व्यवस्था र दक्ष तथा अनुभवि शिक्षकहरुको समूहबाट अध्यापन गराईरहेको जानकारी दिनुभयो ।

कलेजले स्नातक तहको बीएसी सिएसआईटी र बीसीएको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्रिविको कोटा अनुशार बीएसी सिएसआईटीमा ३६ र बीसीएमा ३५ विद्यार्थी प्रत्येक वर्ष भर्ना गरिदै आईएको कान्तिपुर एजुकेशन फाउन्डेसनका भुवन नेपालले जानकारी दिनुभयो ।

प्राविधिक शिक्षाको माग विश्व बजारमा बढी रहेकाले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धी गर्न सक्षम र सफल दक्ष जनशक्ति उत्पादन गर्ने कलेजले लक्ष्य लिएको नेपालले बताउनुभयो । उहाँका अनुशार आगामी दिनमा विश्वविद्यालयका अन्य विषयहरु पनि थप गरिदै लैजाने छौं ।