युवा अधिकार तथा दायित्व विषयक कार्यशाला सम्पन्न

विराटनगर ३१ साउन । लायन्स क्लब अफ विराटनगर मेट्रोले विश्व यूवा दिवसको अवसरमा युवा अधिकार तथा दायित्वका बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ सीका डिष्ट्रिक गभर्नर बिजयहरि शर्माले युवा अवस्था भनेको करियर सग सगै सामाजिक कार्य लाई समेत अघि बढाएर समाजमा स्थापित हुने समय भएकाले युवाले सबै बिषयमा चिन्तन […]

विराटनगरमा भदौ ३ गतेदेखि नाट्य कार्यशाला

विराटनगर ३१ साउन । विराटनगरमा आगामी भदौ ३ गतेदेखि अभिनय कार्यशाला हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ ३ गतेदेखि भदौ १८ गतेसम्म नाट्य तथा अभिनय प्रशिक्षण सञ्चालन हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा दैनिक विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने प्रशिक्षणमा रङ्गमञ्च र अभिनयका विविध तत्वहरु समेटिने आयोजकले जनाएको […]

विराटनगर मुख्य बजार क्षेत्रभित्र निर्माण तथा ढुवानीका साधनलाई दिउँसो प्रवेशमा रोक

विराटनगर ३१ साउन । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार महानगरको समन्वयमा सरोकारवालासहितको बसेको बैठकले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क्षमता भएका मालबाहक सवारी सहायक र भित्री सडकमा प्रवेश गर्न रोक लगाउने निर्णय […]

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्धारा ५ जना सम्मानित

विराटनगर २७ साउन । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रका ५ जनालाई पुरस्कृत तथा सम्मानित गरेको छ । स्वर्गीय सिग्देलको १४ औं स्मृति दिवसका अवसरमा विराटनगरमा आज आयोजित पुरस्कार वितरणमा एवं सम्मान कार्यक्रममा एक पत्रकार सहित ५ जना पुरस्कृत तथा सम्मानित भएका हुन । कार्यक्रममा कान्तिपुर टिभीकी संवाददाता सुशीला पाठक, विराटनगरका पुराना ढुवानी व्यवसायी […]

जनताका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता : मुख्यमन्त्री थापा

विराटनगर, २६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको जनआकांक्षालाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ‘प्रदेश सरकारको प्रतिवद्धता’ पत्र सार्वजनिक गर्दै सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै यसको सुदृढ जगमा प्रदेश संरचनाको आवश्कता र महत्व आम जनतामाझ अनुभूति गराउने कुरा प्रतिवद्धता पत्रमा उल्लेख […]