महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया

विराटनगर २३ साउन । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको औद्योगिक कोरिडोर क्षेत्रमा महिला उद्यमीका लागि उपलब्ध अवसर र चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सहभागी महिला उद्यमीहरुले उद्यमशीलताको लागि सुचनाको पहुँचमा कमी, व्यवसाय सञ्चालनका लागि झन्झटिलो कानूनी प्रक्रिया, स्थानीय सरकारबाट सञ्चालन गरिएका उद्यम विकास सम्बन्धी कार्यक्रमहरु पहँच आधारित […]

कोशी अस्पताल संरक्षण संघर्ष समिति गठन

विराटनगर २३ साउन । कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको संरक्षणका लागि संघर्ष समिति गठन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उपभोक्ता अधिकारकर्मीसमेतको सर्वपक्षीय भेलाले समिति गठन गरेको हो । भेलाले विराटनगरस्थित कोसी अस्पताल विकास समितिका पूर्वसदस्य मुकेश बुढाथोकीको […]

विराटनगर महानगर अन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

विराटनगर २३ साउन । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ । महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । सुनसरीको धरानलगायतका केही […]

विकास, प्रगति र समृद्धिका निम्ति सहमति : मुख्यमन्त्री थापा

विराटनगर, २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विकास, प्रगति र समृद्धिका निम्ति राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता हुनु आवश्यक रहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगरमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री थापाले जनतासँग जोडिएका सेवाहरु […]

कोशी प्रदेशमा एक वर्षमा एक हजार बढीद्धारा आत्महत्या

विराटनगर १९ साउन । कोशी प्रदेशमा आर्थिक वर्ष ०७९–८० मा एक हजारभन्दा बढी मानिसले आत्महत्या गरेका छन । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेश बास्तोलाका अनुसार प्रदेशभर गत आर्थिक वर्षमा एक हजार ५ सय ५० जनाले आत्महत्या गरेका हुन । वर्षभरि ८ हजार ७ सय १९ वटा अपराधका मुद्दा दर्ता भएको […]