विराटनगर ६ पुस । विगत चार वर्षभन्दा लामो समयदेखि बिग्रिएर थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा ल्याइएको छ । बिग्रिएर थन्किएको ब्रुमर मर्मततर्फ ध्यान नदिँदा बेवारिसे बनेको थियो । महानगर प्रमुख नागेश कोइरालाले सम्बन्धित शाखा प्रमुखलाई मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो । मर्मतपछि ब्रुमरबाट आज कञ्चनबारीचोकदेखि नहरसम्मको सडक सफाई गरिएको छ । ब्रुमरले सफा गरेपछि […]
विराटनगर ६ पुस । मोरङमा मानवअधिकार उलंघनका २ सय ६५ वटा घटना भएको पाइएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार विराटनगरमा आयोजना गरेको वर्ष पुस्तक २०२३ को बार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि विनोद सुवेदीले सो जानकारी दिएका हुन । गत जनवरी १ देखि नोभेम्बर सम्मको अवधिमा २ सय ६५ वटा मानवअधिकार उलंघनका घटना अभिलेखीकरण […]
विराटनगर, ५ पुस । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदको शपथ ११ पुस सोमबार हुने भएको छ। प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयले छलफल गरी शपथको मिति तोकेको हो। प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार मध्याह्न १२ बजे नवनिर्वाचित ज्येष्ठ प्रदेश सांसद ७९ वर्षीय गयानन्द मण्डललाई शपथ ग्रहण गराउने समय निर्धारण गरिएको छ। त्यसपछि नवनिर्वाचित सम्पूर्ण […]
विराटनगर, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको चाहना हुँदाहुँदै पनि जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले असुविधा र हतारबाट बनेको प्रदेशको गठबन्धन […]
विराटनगर ५ पुस । माईती नेपाल विराटनगरले मानव बेचविखन नियन्त्रणका लागि सरोकारवालासँग आज अन्तरक्रिया कार्यक्रम गरेको छ । विराटनगरमा रहेको विभिन्न संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, कानुन व्यवसायी लगायतको सहभागितामा मानव वेचविखन र यसको वर्तमान अवस्था, प्रभावहरु र सरोवालाहरुसँगको सहकार्य र समन्वयको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको माईती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले […]