ग्रेडेड स्कुलमा विज्ञान प्रदर्शनी

विराटनगर १९ साउन । विराटनगर ८ मा अवस्थित ग्रेडेड स्कुलले विद्यालय परिसरमा प्रथम त्रैमासिक परीक्षाको नतिजासँगै चित्रकला , हस्तकला र विज्ञान प्रदर्शनी गरेको छ ।

विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तै रोबोटिक कार , हाइड्रोलिक क्रेन र ब्रिज , सूर्य र चन्द्र ग्रहण , स्मार्ट सिटी , सेक्युरिटी हाउस, म्याग्नेटिक इन्डक्सन, वाटर फिल्टर,स्वास्थ्यतर्फ मानव शरीरको बनोट ,पाचन प्रणाली , मानव मुटु बनाए भने हस्तकलातर्फ स्मार्ट सिटी ,घरहरू, फूल र विभिन्न घरायसी सजावटका सामग्री बनाएका थिए । गत वर्ष विद्यार्थीहरूद्वारा ड्रोन र रिमोट कन्ट्रोलकार बनाएर सफल परीक्षण गरिएको थियो ।

विद्यालयले पढाइसँगै विभिन्न प्रकारका विद्यार्थीहरुको सीप र क्षमता अनुसार विद्यार्थीको सार्भङ्गिक विकास गर्ने हेतुले यस प्रकारका कार्यक्रम गर्दै आएको विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले बताउनुभयो ।