सुनसरीको इटहरीमा गोली लागेर २ जनाको मृत्यु

विराटनगर २३ भदाै । जेनजीकाे प्रदर्शनका क्रममा सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको   छ । घाइतेमध्ये २ जनाको मृत्यु भएको हो । मृतकहरू अन्दाजी २५ र ३० वर्षीय युवा रहेको प्रहरीले जनाएको छ । पहिचान खुल्न बांकी छ । गोली लागेर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको […]

एमाले विधान अधिवेशनमा प्रस्तुत गरिएका सबै प्रतिवेदन पारित

विराटनगर २२ भदौ । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गरेका प्रतिवेदनहरू सर्वसहमतिले पास भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसका अलवा विभिन्न आयोगहरूका प्रतिवेदन पनि प्रस्तुत भएका थिए […]

विराटनगरको बाल सुधार गृहलाई शैक्षिक सामग्री प्रदान

विराटनगर २२ भदौ । २२ औँ निजामती सेवा दिवसको अवसरमा आइतबार विराटनगरस्थित बाल सुधार गृहलाई शैक्षिक सामग्री र मसलन्द प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा कर्मचारी मिलन केन्द्र मोरङले उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले निजामती सेवामा कार्यरत सबैलाई शुभकामना दिँदै यसै वर्ष नयाँ निजामती […]

सामाजिक सञ्जाल सरकारले बन्द गरेको होइन, कानुनी प्रक्रियामा ल्याउन खोजेको हो : सभापति देउवा

विराटनगर, २१ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ गठबन्धनबाट बनेको वर्तमान सरकार पूरै अवधिसम्म चल्ने बताउनु भएको छ । विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा उहाँले संविधान संशोधनका निम्ति दुई बहुमत सहित सबैको सहकार्य र एवं सहमतिको आवश्यक पर्ने जानकारी दिनुभयो । सभापति देउवाले भन्नुभयो, ‘सामाजिक सञ्जाल सरकारले बन्द गरेको […]

राष्ट्रसेवक बचत तथा ऋण सहकारीले एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने

विराटनगर २१ भदौ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरले २७ औं स्थापना दिवसको अवसरमा एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने भएको छ । आगामी असोज ४ गते बार्षिक साधारणसभाका अवसरमा किशोरी खतिवडा स्मृति पुरस्कार, दधिराम दाहाल स्मृति पुरस्कार र हिरनकुमार थापा स्मृति पुरस्कार प्रदान गरिने सहकारीले आज घोषणा गरेको हो । […]