एमाले केन्द्रीय अनुशासन आयोगद्धारा कोशी प्रदेशमा प्रशिक्षण

विराटनगर २१ भदौ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले कोशी प्रदेशमा एक दिवसीय प्रशिक्षण तथा अनुगमन कार्यक्रमको आयोजना गरेको छ । कोशी प्रदेश कमिटीको व्यवस्थापनमा भएको कार्यक्रममा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अनुशासन आयोगका सचिव प्राध्यापक डाक्टर भरतराज पहाडीले अनुशासन र […]

विराटनगरको एभरेष्ट स्कुलमा नृत्य प्रतियोगिता

विराटनगर २१ भदाै । तिजको अवसरमा विराटनगर– ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले डान्स प्रतियोगिताको आयोजना गरेको थियो । स्कुलमा अध्ययनरत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिएको मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले जानकारी दिनुभयाे । प्रतियोगितामा नर्सरीदेखि कक्षा १ सम्मका १ सय ६ जना विद्यार्थी सहभागि रहेको आलीले बताउनुभयाे । सवै कक्षागत अनुसार विजयी […]

सीमा क्षेत्रका बालबालिकालाई मानव बेचविखन तथा ओसारपसारबारे अभिमुखीकरण

विराटनगर २० भदौ । मानव वेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा माईती नेपाल विराटनगरले सीमा क्षेत्रका बालबालिकासँग अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकाको सहयोग र इलाका प्रहरी कार्यलय रानीको समन्वयमा माइती नेपालले आयोजना गरेको कार्यक्रममा सीमा नजिक रहेको विराटनगर १५ को जनविकास माविमा अध्ययनरत विद्यार्थीलाई मानव वेचविखनको वारेमा, माइती नेपालले गर्ने […]

संघीय संरचनामा सबै भन्दा अब्बल प्रदेश सरकार : मुख्यमन्त्री कार्की

विराटनगर २० भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय संरचनामा सबै भन्दा अब्बल प्रदेश सरकार रहेको बताउनुभएको छ । आज विराटनगरमा आयोजित संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले तथ्य नहेरी प्रदेश सरकारको काम छैन भन्ने जस्ता तथ्यहिन टिप्पणी हुने गरेको बताउनुभयो । संघीयता आएपछि सबै भन्दा बढी विकास निर्माणमा प्रदेश सरकार […]

इन्सेकद्धारा पाँचथर घटनाको अनुगमन, राज्यलाई जिम्मेवार बन्न आग्रह

पाँचथर २० भदौ । पाँचथरको फालेलुङ्ग गाउँपालिका–५ डाडाँगाउँ,प्राङबुङ्गमा भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले स्थलगत अनुगमन पश्चात पत्रकार सम्मेलन गरी राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले भदौ १८ र १९ गते घटनाको स्थलगत अनुगमन गरी आज फिदिममा पत्रकार सम्मेलन गरी घटनाका विषयमा राज्यलाई थप जिम्मेवार बन्न […]