एनवाईईएफ विराटनगरद्वारा कोरा २०२५ सम्पन्न

विराटनगर, १० साउन । नेपाली युवा उद्यमी मंच (एनवाईईएफ) विराटनगर च्याप्टरले आयोजना गरेको कोरा २०२५ साइक्लिङ अभियान शनिबार सम्पन्न भएको छ।

स्वस्थ जीवनशैली र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गरिएको कार्यक्रममा विराटनगर, इटहरी, धरानलगायत क्षेत्रबाट दर्जनौँ साइकल यात्री सहभागी भएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री सदानन्द मण्डलले अभियानले प्रदेशको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलका अनुसार कोरा २०२५ ले युवाहरू माँझ स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै पर्यटन, वातावरण संरक्षण र सहकार्यको सन्देश फैलाउने काम गरेको छ।

साइकल यात्राका सहभागीहरूले विभिन्न स्थानहरूको भ्रमण गर्दै स्थानीय संस्कृति, जीवनशैली र प्राकृतिक सौन्दर्य अनुभव गरेका थिए।

एनवाईईएफले आगामी वर्षमा कोरा यात्रालाई अझ विस्तार गर्दै जनसहभागिता र प्रभाव विस्तार गर्ने योजना बनाएको अध्यक्ष सिग्देलले बताउनुभयो ।