एमाले मोरङ निर्वाचनमा केन्द्रित, २३ गते पार्टी महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने

विराटनगर, २१ साउन । आगामी ४ मंसिरलाई प्रदेश तथा संघको निर्वाचन घोषणा भएसँगै नेकपा एमाले मोरङ निर्वाचनमा केन्द्रित भएको छ । साउन भित्रमा पार्टीका सम्पूर्ण किमिटी तथा जनसंगठनलाई गतिशिल बनाउने निर्णयका साथ अघि बढेको एमाले मोरङले भदौं भर राजनैतिक तथा वैचारीक प्रशिक्षण दिने भएको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आसन्न प्रदेश तथा […]

मुख्यमन्त्री राईको अभिव्यक्तिप्रति नेकपा एमालेद्धारा खेद ब्यक्त

विराटनगर, ७ साउन । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै त्यसप्रति खेद ब्यक्त गरेको हो । एमाले मोरङले अविलम्ब प्रदेशबासी […]

प्रदेश १ को नामकरण चालु अधिवेशनबाटै गर्न दलहरुवीच सहमति

विराटनगर, ६ साउन । प्रदेश १ को नामकरण चालु अधिवेशनबाटै गर्न दलहरुवीच सहमति भएको छ । शुक्रबार सभामुख प्रदीपकुमार भण्डारीको सहजीकरणमा बसेको सर्वदलीय वैठकमा सहभागी दलका नेताहरुवीच संसदको चालु अधिवेशनबाटै प्रदेशको नामाकरण गर्न सहमति भएको नेताहरुले बताएका छन् । सहमतिबाटै नाम राख्न दलहरु सहमत भएको सभामुख भण्डारीले बताउनुभयो । दलहरुवीच घनिभुत छलफल जारी राख्ने सहमति […]

कसैले चाहँदैमा एमाले एक्लिँदैन : पोखरेल

विराटनगर, ३ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैले चाहँदैमा र सपना देख्दैमा एमाले नएक्लिने बताउनु भएको छ । प्रेस चौतारी प्रदेश १ ले आज बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले कसैले चाहँदैमा एमालेलाई एक्ल्याउन नसक्ने जिकिर गर्नु भयो । स्पष्ट विचार बोकेर जनतामा आधारित हुँदै संगठनको बलमा अगाडि बढेको पार्टी […]

कांग्रेसले साथ दिए आधा घण्टामै प्रदेशको नामाकरण- पूर्वमुख्यमन्त्री राई

विराटनगर, २ असार । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले नेपाली कांग्रेसले सहयोग गरेमा प्रदेश १ को नामाकरण आधा घण्टामै टुङ्गो लाग्ने बताउनुभएको छ । आज विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एमालेभित्र नामको समस्या नभएको बताउँदै कांग्रेसले सहयोग गरेमा एमालेले संसदीय दलमा आधा घण्टामै नाम टुङ्ग्याउने राईले बताउनुभयो । आफ्नो कार्यकालमा पार्टीभित्रको आन्तरिक समस्याले नाम […]