काङ्ग्रेस सुन्दहरैचाको पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी

विराटनगर, १ असार । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा पार्टी नेतृत्वकै अन्तर्घातका कारण पराजय बेहोर्नु परेको भन्दै मोरङको सुन्दरहरैँचास्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी गरिएको छ । निर्वाचनको परिणामलाई लिएर आक्रोसित एवं असन्तुष्ट बनेको समूहले हिजो साँझ पार्टी कार्यालयमा तोडफोड र तालाबन्दी गरेको हो । काङ्ग्रेस नगर समितिको नियमित बैठकसमेत भाँडिएको […]

बजेट अधिवेशनबाटै प्रदेश १ को नाम टुंग्याउने कांग्रेसको निर्णय

विराटनगर, १ असार । प्रदेश १ को चालू दसौं एवं बजेट अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउने निर्णय नेपाली कांग्रेसले गरेको छ । कांग्रेस प्रमुख सचेतक सूयर्माराज राईका अनुसार पार्टीको प्रदेश संसदीय दलको आज बसेको बैठकले प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नामकरण टुंगो लगाउने निर्णय गरेको हो । प्रदेशको नाम राख्ने विषयमा कांग्रेसले अन्तर पार्टी छलफलका लागि […]

अनेरास्ववियु प्रदेश संयोजकमा घिमिरे

विराटनगर, १ असार । एमाले निकट विद्यार्थीको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश १ को संयोजकमा गोकर्ण घिमिरे चयन हुनुभएको छ । अनेरास्ववियुको पदाधिकारी बैठकले घिमिरेलाई प्रदेश १ को संयोजकको जिम्मेवारी प्रदान गरेको हो । घिमिरे अहिले संगठनको केन्द्रिय सचिवालय सदस्य तथा मोरङ जिल्ला बाल संगठनको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । प्रदेश संयोजकको […]

विराटनगर कार्यपालिकामा सत्तागठबन्धन पराजित, एमाले–स्वतन्त्र विजयी

विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । ९७ मतदाता सदस्य मध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका छन् । कार्यपालिकामा अल्पसंख्यक तर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र […]

बुढीगंगा कार्यपालिकामा एकल बहुमत भएको कांग्रेस पराजित

विराटनगर, १९ जेठ । स्थानीय तहको निर्वाचनमा एकल बहुमत जितेको नेपाली काँग्रेस आन्तरिक विवादको कारण मोरङको बुढीगंगा गाउँकार्यपालिका निर्वाचनमा पराजित भएको छ । गाउँपालिकाका निर्वाचित भएका ३७ जनप्रतिनिधिमध्ये अध्यक्ष, उपाध्यक्ष, ५ वडाध्यक्षसहित २२ जना काँग्रेसबाट निर्वाचित भएका थिए । यस्तै नेकपा एमालेबाट १ वडाध्यक्षससहित १० जना र माओवादी केन्द्रबाट १ वडाध्यक्षसहित ५ जना निर्वाचित भएका […]