प्यानल बनाएर निर्वाचनमा गए सैह्य हुँदैन : ईश्वर पोखरेल

विराटनगर १२ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताउनु भएको छ ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले मिशन ८४ मा लागेकाले समतिमा नेतृत्व चयन गर्नु पर्ने बताउनुभयो । उहाँले सहमतिमा नेतृत्व चयन नभए मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन गरे । उनले प्यानल वाईज निर्वाचनमा गए नेतृत्वले नसहने बताउनुभयो । एमाले महासचिव शंकर पोख्रेलले पहिचानको नाममा अहिले एमालेविरुद्व षडयन्त्र भइरहेको बताउनुभयो । प्रदेश अधिवेशनको उद्घाटनमा कार्यक्रममा बोल्दै उहाँले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको बताउनुभयो ।

पोखरेलले पहिचानको नाममा एमालेका विरुद्ध राजनीति गरिरहेको कुरा बुझ्न सबैलाई आग्रह गरे ।उनले अहिले क्षेत्रीय दलका नाममा जातजाति बीचमा बिभाजन गर्न खोजिएको बताउनुभयो । उहाँले नेकपा एमालेले बहुमत प्राप्त नगर्दा कोशी प्रदेशमा सरकार फेरबदल भइरहेको र यसले जनताको जनादेशको अपमान भएको बताउनुभयो ।