मोरङका ६ स्थानीय तहमा एमाले र कांग्रेस ३–३ वटामा विजयी

विराटनगर, ४ वैशाख । मोरङका ६ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।बुधबार विहान सम्ममा एक नगरपालिका सहित ५ वटा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । एमालेले लेटाङ नगरपालिका, कानेपोखरी र केराबारी गाउँपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा विजयी हासिल गरेको छ ।नेपाली कांग्रेसले जहदा गाउँपालिकाको प्रमुख र उपप्रमुख, मिक्लाजुङको प्रमुख र कटहरीको प्रमुख […]

कानेपोखरीको अध्यक्षमा एमालेकी इङ्नाम र उपाध्यक्षमा अधिकारी विजयी

विराटनगर, ३ जेठ । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षकी उम्मेदवार राजमति इङ्नाम ८ हजार ९७५ मत ल्याएर निर्वाचित भएकी हुन । उनले नेपाली कांग्रेसका सञ्जय भट्टराईलाई ३ हजार १२९ मतअन्तरले पराजित गरेकी हुन । भट्टराईले ५ हजार ८४६ मत ल्याएका छन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै भोलाप्रसाद अधिकारी विजयी भएका […]

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेकै अग्रता

विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेले अग्रता कायमै राखेका छन् । गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला ५६९३ मतका साथ अगाडि हुनुहुन्छ । एमालेका मेयर उम्मेदवार सागर थापा ४०८३ मतका साथ कोइरालालाई पछ्याइरनु भएको छ । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले १९७४ र राप्रपाका प्रल्हाद साहले १०१५ मत पाउनु […]

सुनसरीकाे १२ पालिका मध्ये आठ पालिकाकाे १२ वडाकाे नतिजा सार्वजनिक

सुनसरी, जेठ १ गते । सुनसरी जिल्लाकाे १२ पालिका मध्ये आठ पालिकामा १२ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा इनरुवा नगरपालिका–१ नम्बर वडामा नेपाली काग्रेंसको प्यानल विजयी भएको छ भने दुहवी नगरपालिका १ मा र सीमावर्ती वर्जु गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । सीमावर्ती हरिनगर गाउँपालिका वडा […]

विराटनगर उपमेयर उम्मेदवार शिल्पा कार्कीको विरुद्धको मुद्धा ‘हेर्न नमिल्नेमा’

विराटनगर, २८ वैशाख । एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्धको मुद्दाको सुनुवाइ सरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी रहेको उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो । उपमेयरका उम्मेदवार जसपाका अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै सर्वाेच्चमा रिट […]