प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै पोखरेल पक्षको आपत्ति

विराटनगर १८ मंसिर । एमालेको ईश्वर पोखरेल पक्षले धनकुटा, दाङ, ओखलढुंगालगायत जिल्लामा प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै आपत्ति जनाएको छ । पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डुमा भेटेर आपत्ति जनाएका हुन् । ‘प्रतिनिधि चयनमा विधि बाहिर आफूखुसी निर्णय गर्ने, चुनाव भएको क्षेत्रमा परिणाम रद्द गर्ने […]

एमाले कोशी प्रदेश कमिटीले चयन गर्यो महाधिवेशन प्रतिनिधि

विराटनगर १६ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि कोशी प्रदेश कमिटीले सर्वसम्मत ५ जना प्रतिनिधि चयन गरेको छ । प्रदेश कमिटीले अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जुङ, सचिव राजकुमार भण्डारी, उपसचिव जलबर्षा राजवंशी र प्रदेश कमिटी सदस्य तथा कोशी प्रदेश सरकार राज्यमन्त्री सिर्जना राईलाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरेको हो । मंसिर […]

जिसस ताप्लेजुङका प्रमुख लामा एमालेमा फर्किए

विराटनगर १६ मंसिर । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा नेकपा एकिकृत समाजवादी कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमालेमा प्रवेश गर्नु भएको छ । आज दिउँसो एमाले पार्टी कार्यालयमा पुगेका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । लामासँगै अन्य कार्यकर्ता पनि पार्टी प्रवेश गरेको जनाइएको छ । नेकपा एसबाट […]

निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : प्रचण्ड

विराटनगर १५ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिनु भएको छ । नेकपाले विराटनगरमा आज आयोजना गरेको सन्देश सभामा उहाँले पार्टी एकतापछि नेकपाले सन्देशसभा आयोजना गरेर चुनावी वातावरण निर्माण गरिरहेकाले फागुन २१ मै चुनाव हुनुपर्ने बताउनुभयो । उहाँले आन्तरिम सरकारका मन्त्रीलाई दीर्घकालीन असर पर्ने […]

उर्लाबारीका नेकपा एसका नेताहरुले भने–माधव नेपालले गद्धार गरेपछि एमालेमै फर्क्यौं

विराटनगर १५ मंसिर । नेकपा एकिकृत समाजवादी उर्लाबारी नगरकमिटीका अध्यक्ष सहित करिव एक सय नेता कार्यकर्ताहरु एमालेमा फर्किएका छन् । एकिकृत समाजवादी सहित १५ वटा राजनीतिक दल र समूहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको कोशी प्रदेश स्तरिय भेलाको पूर्वसन्ध्यामा उनीहरु एमालेमा फर्किएका हुन् । उर्लाबारीबाट नेकपा एसका कार्यकर्तालाई सोमबार विराटनगर भेलाका लागि ल्याउने जिम्मेवारी पाएको […]