विराटनगर २८ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीले आगामी बैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुन गैरहेको प्रतिनिधि सभाको उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङग नेम्वाङ्गलाई विजयी गराउन सबैसँग आग्रह गरिएको छ । एमाले र माओवादी प्रदेश कमिटीद्वारा आज विराटनगरमा संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले […]
विराटनगर २६ चैत । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमाले र माओवादी केन्द्रले वैकल्पिक सरकारका लागि दाबी पनि पेश गरेका छन् । सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले […]
काठमाण्डौं २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको उतार्ने दाबी गरेको छ । जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको जानकारी दिए । आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै उनले सुरक्षाको उचित प्रवन्धका लागि सरकारको ध्यानाकर्षण गराएका […]
विराटनगर २४ चैत । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीभित्र रहेका कंलङिकत नेतालाई अव विदाई गर्नु आवश्यक रहेको बताउनु भयो । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड यूनियनको ११ औँ केन्द्रीय परिषदको दुई दिने भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले नेकांले नेपाली राजनीतिमा सुद्धिकरण गर्न यसको नेतृत्व लिनु पर्नेमा जोड दिनु भयो । उपसभापति […]
विराटनगर २४ चैत । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली काँग्रेसबाट डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, […]