एमाले विराटनगरद्धारा वडा कमिटीमा देखिएको समस्या समाधानका लागि समिति गठन

विराटनगर ८ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले वडा कमिटीमा देखिएको समस्या समाधानका लागि समिति गठन गरेको छ । पुस २९ गते बसेको पदाधिकारी बैठकले वडा नं. ३ लगायतका लामो समयदेखि निस्कृय रहेका शाखा (वडा) कमिटीहरुमा ३० दिन भित्रमा वडा अधिवेशन गर्ने गरि अधिवेशन आयोजक कमिटी गठन गरेको थियो । आयोजक कमिटी गठन गरिएका […]

मुलुकमा समृद्धि ल्याउन सवै राजनीतिक दलहरुको उत्तिकै महत्वपूर्ण भूमिका : पूर्व प्रधानमन्त्री दाहाल

विराटनगर ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समृद्धि ल्याउन सवै राजनीतिक दलहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । उहाँले सुशासन, विभेदको अन्त्य, निश्पक्ष न्याय र आर्थिक संकट अन्त्य गरी मुलुकमा समृद्धि ल्याउनुपर्नेमा जोड दिनुभयो । विराटनगरबाट प्रकाशित न्यू सृष्टि दैनिकको १४ औँ वार्षिकोत्सव अवसरमा आयोजित […]

एमाले विराटनगरको प्रवक्तामा पोखरेल

विराटनगर ३ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको प्रवक्ताको जिम्मेवारी सचिवालय सदस्य राम पोखरेललाई दिईएको छ । महानगर पदाधिकारी वैठकले महानगरको प्रचार तथा प्रकाशन विभागको प्रमुख एवं प्रवक्ताको जिम्मेवारी पोखरेललाई दिएको हो । प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पाउनु भएका पोखरेलले विभागलाई चाँडै विस्तार गरिने बताउनु भएको छ । एमाले विराटनगरका गतिविधिहरुलाई प्रचार तथा […]

एमाले विराटनगरका ५ वटा वडामा आयोजक कमिटी गठन

विराटनगर २ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले लामो समयदेखि निस्कृय रहेका ५ वटा शाखा ( वडा) कमिटीमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ । विराटनगर महानगर पदाधिकारी बैठकको पुस २९ गतेको बैठकले विगत लामो समय देखि विभिन्न कारणले निस्कृय रहेका शाखा (वडा कमिटी)हरु ३, ७, ९ , १४ र १५ वडामा आयोजक कमिटी […]

नेपाल मुस्लिम इत्तेहाद संगठन विराटनगर महानगर कमिटीको अध्यक्षमा सम्शेर निर्वाचित

विराटनगर २७ पुस । नेकपा एमालकोे भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन विराटनगर महानगर कमिटीको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । पार्टी कार्यालय पाञ्चालीमा सम्पन्न अधिवेशनले मो. सम्शेर (समीर) को अध्यक्षमा सर्वसम्मत महानगर कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा सहवाज हुसेन, सचिवमा जाफर अलि, सहसचिवमा रोसनी खातुन र सहजादा हुसेन निर्वाचित हुनु भएको […]