अधिकारीद्धारा सुनसरीका चार बालवालिकाको अभिभावकत्व ग्रहण

विराटनगर, ५ चैत । अमेरिकामा बस्दै आएका सुनसरीको बर्जु गाउँपालिकाका–५ का भरत अधिकारीले स्थानीय चार बालबालिकालाई माध्यमिक शिक्षा परीक्षा(एसईइ)सम्म अध्यापन गराउने गरि अभिभावकत्व ग्रहण गर्नु भएको छ । सो गाउँपालिकामा आज आयोजित एक कार्यक्रममा अधिकारीले सोही पालिकाको श्रीसार्वजनिक प्राविमा अध्ययनरत वेनी सरदार, नितु सरदार, सम्झना कार्की सुप्रिया चौधरीलाई विद्यालय पोशाक, स्टेशनरी लगायत सामाग्री हस्तान्तरण गर्दै […]

बालबालिका संवन्धि ऐन कार्यान्वयनका लागि १२ बुँदे प्रतिबद्धता

विराटनगर १६ फागुन । बालबालिका संवन्धि ऐन २०७५ लाई कार्यान्वयनका लागि १२ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झाको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरिएको हो । सरोकारवालहरुले बालबालिका सम्वन्धी ऐन, २०७५ को व्यवस्था अनुसार बालबालिका सम्वन्धी कार्यविधीको तर्जुमा गरी कार्यान्वयनमा ल्याईने, बालबालिका सम्वन्धी ऐन, २०७५ को […]

महानगरद्वारा ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन

विराटनगर ३ फागुन । विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ । महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा–९ र १० का बालिकाहरू सहभागी भएको कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक […]

मानव वेचविखन तथा ओसारपोसार र वाल यौन शोषण नियन्त्रण संवन्धि माईती नेपालको अभिमुखीकरण

विराटनगर २६ कात्तिक । माईती नेपालले किशोरी तथा बालिकाहरुलाई लक्षित गरेर मानव वेचविखन तथा ओसारपोसार र वाल यौन शोषण नियन्त्रण संवन्धि एक दिने कानुनी विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ । तालिमका सहभागीलाई मानब बेचविखन तथा ओसारपार विरुद्ध कानूनी विषयक अभिमुखिकरण दिनुका साथै माइती नेपाल, मानव वेचविखन, र बाल यौन शोषणको वारेमा माइती नेपालका मोरङ संयोजक […]

मानव बेचविखन तथा ओसार पसार बिरुद्द अभियानकर्मीहरुलाई तालिम

विराटनगर, ४ असोज । साझा सवालका लागि साझा मञ्च (कोकन)को आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा मानव बेचविखन तथा ओसारपसार बिरुद्द अभियानकर्मीहरुलाई विपद्मा बाल संरक्षण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । बाल अधिकार र बाल संरक्षणबारे जानकारी गराउने, बिपद्मा बाल अधिकारका सवाल र मुद्धाहरु ,मनोविमर्शको आवश्यकता र महत्व र सरोकारवालाहरुको भुमिकाको विषयमा जानकारी […]