विराटनगर २३ माघ । मोरङ जिल्ला स्तरिय वी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगर क्रिकेट क्लब (वीसीसी)र ग्रामथान क्रिकेट क्लव विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा वीसीसीले होराइजन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २३ ओभरमा ७ विकेट […]
विराटनगर २२ माघ । विराटनगरमा १३ औं प्याब्सन स्पोर्टस मिट माघ २६ गतेदेखि हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्पोर्टस मिटबारे जानकारी गराएको हो । ‘राष्ट्रको खेलकुद विकासका लागि, स्वास्थ्य र सभ्य समाजका लागि प्याब्सन स्पोर्टस मिट’ भन्ने मूल नाराका साथ खेलकुद कार्यक्रम गर्न लागेको […]
विराटनगर २१ माघ । मोरङको वुढीगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिता आजदेखि हात्तिमुडाको कर्मवीर विद्यालयमा शुरु भयो । गाउँपालिकाद्वारा पाँच दिनसम्म सञ्चालित पाँचौ अन्तरविद्यालय प्रतियोगितामा एवं दोश्रो प्रतिभा पहिचान कार्यक्रममा उक्त पालिकाका सामुदायिक र संस्थागत गरि १६ विद्यालयका एक हजार विद्यार्थीहरुले एथलेटिक्स, कराँते, भलिवल र कवड्डी खेलमा भाग लिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय […]
विराटनगर २१ माघ । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मिल्स क्रिकेट क्लब र वेलबारी क्रिकेट क्लव विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा मिल्स क्रिकेट क्लवले इलाइट क्रिकेट क्लवलाई २५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित २३ ओभरको खेलमा […]
विराटनगर २० माघ । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ […]