स्थापना दिवसमा आफन्त नेपालद्धारा दीप प्रज्वलन

विराटनगर १७ माघ । आफन्त नेपाल विराटनगरले १९ औं स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा आफन्त नेपालले विराटनगर रानी क्षेत्रमा शुक्रबार साँझ दीपप्रज्वलन गरेको शाखा प्रमुख अमृता घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

आफन्त नेपालले मानव बेचबिखन, ओसारपसार नियन्त्रण साथै लैङ्गिक हिंसा अन्त्यका लागि कार्य गर्दै आइरहेको छ ।