मोरङ प्याब्सनले त्रुटी सच्याउँदै भन्यो– ‘स्पोट्स मिटमा एभरेष्ट सेकेन्डरी स्कुल तेश्रो भएको हो ’

विराटनगर ३ फागुन । प्याब्सन स्पोट्र्स मिट २०८० को नतिजा सार्वजनिक गर्दा त्रुटि भएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङले विज्ञप्ति निकाल्दै सच्याएको छ । माघ २९ गते सम्पन्न स्पोट्र्स मिटको पुरस्कार वितरणका क्रममा मानव संसाधन समितिले त्रुटि भएको पत्र पठाएकाले त्यसलाई सच्याउँदै स्पोट्र्स मिटमा विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुल तृतिय भएको उल्लेख गरिएको […]

प्याब्सन स्पोट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथालाई

विराटनगर २९ माघ । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियरतर्फ साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अंक ल्याएर प्याब्सन स्पोर्ट्स […]

कोशी प्रदेशस्तरीय पाँचौं आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि झापाले जित्यो

विराटनगर २८ माघ । झापाले कोशी प्रदेशस्तरीय पाँचौं आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बलुवाई आईटीएफ तेक्वान्दो डोजाङ डाँगीहाटले मोरङको बेलबारीमा आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित झापाले उपाधि जितेको हो । प्रतियोगितामा सहभागी कोशी प्रदेशका ११ जिल्लामध्ये उपाधि रक्षा गर्न झापा सफल भएको छ । प्रतियोगितामा ३ स्वर्ण, […]

एभरेष्ट इन्टरहाउस फुटबल सम्पन्न

विराटनगर २५ माघ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा इन्टर हाउस फुटबल टुर्नामेन्ट आज सम्पन्न भएको छ । प्रतियोगितामा चार समूहबाट चार–चार हाउसले सहभागिता जनाएका थिए । ती मध्ये विजयी दुई दुई टीमले उपाधिका लागि आज प्रतिष्पर्धा गरेका हुन् । जस अन्तर्गत कक्षा कक्षा ३,४ र ५को समूहबाट कोशी र गण्डकी फाइनल खेलेका हुन् । […]

विराटनगरमा फागुन २२ गतेदेखि टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

विराटनगर २५ माघ । विराटनगरमा आगामी फागुन २२ गतेदेखि टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरमा पहिलो पटक राष्ट्रिय स्तरको टि २० क्रिकेट प्रतियोगिता हुने भएको हो । मोरङ जिल्ला क्रिकेट संघले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै फागुन २२ देखि चैत ३ गतेसम्म विराटनगर १९ बैजनाथपुर स्थित […]