पूर्वस्वीकृत लिएर मात्रै रथयात्रामा सर्बत–पानी वितरण गर्न महानगरको आग्रह

विराटनगर ३१ साउन । विराटनगरमा निकालिने श्री राधाकृष्णको रथयात्राका क्रममा हुने फोहोर व्यवस्थापनमा विराटनगर महानगरपालिकाले अहिलेदेखि नै तयारी थालेको   छ । जथाभावी फोहोर हुन नदिनका लागि महानगरले सम्बन्धित संघसंस्था र व्यक्तिलाई पूर्वस्वीकृत लिएर मात्रै पानी, सर्बत, प्रसादलगायतका सामग्री वितरण गर्न आग्रह गरेको छ । रथयात्राका क्रममा सर्बत, पानी, प्रसादलगायतको खोल, बोतल र प्लाष्टिक सडकमा […]

कोशी सरकारमा कांग्रेस एक हप्ता भित्रमा सहभागी हुन्छ : डा शेखर कोइराला

विराटनगर ३१ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा काँग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकाँ सभापति शेरबहादुर देउवा वीच छलफल भइरहेको जानकारी दिनु भयो । नेता कोइरलाले भन्नु भयो, ‘आफ्नो कारणले […]

विराटनगरमा निकालिने राधाकृष्ण रथ यात्राको तयारीबारे छलफल

विराटनगर, ३१ साउन । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिन गरिएको राधाकृष्ण रथयात्राको तयारीबारे छलफल गरिएको छ । वि.सं. १९८८ देखि प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर १ पोखरिया स्थित राधाकृष्ण मन्दिरबाट भव्य रथयात्रा निकाल्ने चलन रहि आएको छ । यस पटक भदौ ११ गते राधाकृष्ण रथयात्रा निकाल्ने तयारीमा जुटेको र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा […]

कोशी प्रदेशमा ५८२ जनामा डेङ्गु संक्रमण, सचेतनामुलक कार्यक्रम गर्न प्रदेश सरकारको आग्रह

विराटनगर ३० साउन । कोशी प्रदेशमा ५८२ जनामा डेङ्गु संक्रमण भएको छ । वैशाख देखि हालसम्म ५८२ जनामा संक्रमणम भएको र झापामा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साउन महिनामा मात्रै ३३४ जनामा डेङ्गु संक्रमण भएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले आज विराटनगरमा मोरङका स्थानीयतहका प्रमुख उपप्रमुख, सरोकारवाला लगायतको सहभागितामा डेङ्गु […]

कोशी प्रदेश सरकारको लागतमा धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने १७ किलोमिटर सडक कालोपत्रे

विराटनगर ३० साउन । कोशी प्रदेश सरकारको महत्वपूर्ण सडक सञ्जालको रुपमा सिधुवा शुक्रबारे सडक आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो । प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको […]