शालिग्राम– मञ्जु दाहाल पत्रकारिता पुरस्कार पराजुलीलाई

विराटनगर १७ पुस । शालिग्राम– मञ्जु दाहाल पत्रकारिता पुरस्कार उदयपुरकी पत्रकार रेणु पराजुलीलाई प्रदान गरिएको छ ।

प्रेस चौतारी मोरङले हरेक वर्ष वितरण गर्दै आएको सो पुरस्कार यस वर्ष पराजुलीलाई प्रदान गरिएको हो । पुरस्कारको राशी २१ हजार रुपैयाँ छ । पुरस्कार वितरण कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार चाँडै पुर्नगठन गर्ने बताउनु भयो । गठनबन्धन दलका नेताहरुसँग छलफल गरी निर्णय गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी एमाले आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउदै तर त्यसका लागि सरकारले अहिलेसम्म वातावरण निर्माण गर्न नसकेको आरोप लगाउनु भयो । मुख्यमन्त्री कार्कीले संसद पुनस्थापना गरी संविधान संशोधनका साथ राष्ट्रिय सहमतीका आधारमा निर्वाचन सम्पन्न गराएमा अहिले देखिएका समस्याको समाधान हुने विचार व्यक्त व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा मोरङण्बाट निर्वाचित केन्द्रीय सदस्यहरु जीवन घिमिरे, ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र पर्शुराम बस्नेतलाई सम्मान गरिएको थियो ।

शालिग्राम– मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट यसअघि सो पुरस्कारबाट यज्ञ शर्मा, लिलाराज भट्टराई, रमेशचन्द्र अधिकारी र महेन्द्र विष्ट पुरस्कृत भईसक्नु भएको छ ।