बुद्धोदयको अध्यक्षमा पुन : खनाल निर्वाचित

विराटनगर १६ मंसिर । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षमा पुन : राजेन्द्रप्रसाद खनाल निर्विरोध निर्वाचित हुनु भएको छ । संस्थाको १५ औं साधारणसभाले खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का, सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा र समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश […]

मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो पुसमा

विराटनगर ११ मंसिर । मोरङ व्यापार सङ्घ विराटनगरले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म एक्स्पोको आयोजना गरिने जानकारी दिएको छ । यस क्षेत्रको कृषि, पर्यटन , ठूला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवद्र्धन […]

बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्नु : मुख्यमन्त्री कार्की

विराटनगर १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताउनुभएको छ । आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँको अन्तरक्रियामा उहाँले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको हो । बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड […]

दशैंका लागि असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने

विराटनगर २१ असोज । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं र तिहारका लागि यही असोज २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ  । दशैं, तिहार र छठलाई लक्ष्य […]

सेवाग्राहीका लागि पार्किङको व्यवस्थापन आफैं गर्न विराटनगरका बैंकहरु तयार

विराटनगर ६ भदौ । विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त बनाउने विराटनगर महानगरपालिकाको अभियानलाई सफल बनाउन बैंकर्सहरुले प्रतिबद्धता जनाएका छन् । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बैंकर्सहरुसित भएको छलफलमा विराटनगरभित्र सञ्चालित सबै बैंकका प्रमुखहरुले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापन अभियान सकारात्मक भएकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् […]