चिकित्सकको निर्देशन अनुसार एन्टिबायोटिक औषधि प्रयोग गर्नु सरोकारवालाको सुझाव

विराटनगर, २२ जेठ । एन्टिवायोटिक औषधिको प्रयोग चिकित्सकको निर्देशन अनुसार गर्नुपर्ने विराटनगरमा सुझाव सहभागीहरुले दिएको छन् । स्वास्थ्य तथा तथा जनसङख्या मन्त्रालय एवं स्वास्थ्य पत्रकार समूहद्वारा सोमबार विराटनगरमा आयोजित एन्टि माइक्रोबियल रेसिस्टेन्स(एएमआर) विषयक सञ्चारकर्मीसँगको अन्तरक्रियामा सहभागीहरुले एन्टिवायोटिक औषधि अत्याधिक प्रयोगले ब्याक्टेरिया र सङ्क्रमणको उपचारका लागि बनाइएका औषधिलाई पराजित गर्दे जीवाणुहरू बलियो भई प्रतिरोधी क्षमता वृद्धि […]

विराटनगर महानगरमा वडा नंं ८ बाट गाउँघर क्लिनिकको सेवा विस्तार

विराटनगर ९ जेठ । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो । विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । जनतालाई घरमै सेवा पुर्याउने लक्ष्य अनुसार लक्षित वर्गलाई पायक पर्ने […]

अपाङ्गता रोकथामका लागि नवदम्पती र गर्भवतीलाई ‘शुभकामना कार्ड’

विराटनगर ५ जेठ । मोरङको धनपालथानमा कसैको विवाह भए गाउँपालिकाको स्वास्थ्यको टोली शुभकामना कार्ड लिएर घर पुग्छ । स्वास्थ्यको टोलीले दाम्पत्य जीवनको शुभकामना मात्रै दिदैन । विवाह पछि गर्नुपर्ने आवस्यक कार्य तथा तयारीका बारेमा पनि जानकारी गराउने गरेको छ । विवाह पछि गर्नुपर्ने कार्यहरु विवाह दर्ता, सन्तान जन्माउनका लागि उपयुक्त समयको छनौट, परिवार योजना, जन्मजात […]

कोशी प्रदेश सरकारद्धारा एसिड पीडित बालिकालाई उपचार खर्च हस्तान्तरण

विराटनगर ३ जेठ । कोशी प्रदेश सरकारले एसिड ओखलढुङ्गाकी एक बालिकालाई उपचार खर्च दिएको छ । ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका ६ की एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापत एक लाख ७५ हजार उपलब्ध गराइएको बताईएको छ । पीडित बालिकाको किर्तिपुर बर्त हस्पिटलमा उपचार भइरहेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ […]

नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइँदै

विराटनगर ३१ बैशाख । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाउँदैछ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ। सरकारले यही वैशाख १५ गते नियमित खोप दिएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि […]