कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानद्धारा मुठ्ठी दान शुरु

विराटनगर १३ फागुन । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विराटनगर महानगर समितिले पूर्णिमाको अवसर पारेर शनिबार विराटनगरमा महानगरपालिका वडा नं ४ खार्जी कोहबरामा रहेकी बिन्ध्यावासिनी दूर्गा मन्दिरमा मुठ्ठी दान गरेको छ । शनिबारको मुठ्ठी दान कार्यक्रम कोशी प्रदेश सांसाद लिलाबल्लव अधिकारीको अगुवाईमा भएको थियो । दैनिक आफुले खाना पकाउने अन्नबाट एक मुठ्ठी छुट्याएर जम्मा भएको […]

सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ हजारभन्दा बढी व्यक्ति पीडित

विराटनगर ७ फागुन । इन्सेकद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको […]

साहित्यकार केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृतिको लोकार्पण

काठमाडौँ ६ फागुन । पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादि, काठमाडौमा सम्पन्न कार्यक्रममा विरहीको पछिल्लो नवौँ कृतिको लोकार्पण गरिएको हो । लोकार्पणपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहरी विकास मन्त्री सीता गुरुङले साहित्यिक कृति त्यसमा पनि अनुसन्धानात्मक लेख्न निकै कठिन […]

लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण प्रतिवेदन हस्तान्तरण

विराटनगर ४ फागुन । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलले तयार पारेको प्रतिवेदन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९/०८० का लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणपश्चात प्रतिवेदन महानगरलाई हस्तान्तरण गरिएको हो । उपप्रमुख शिल्पा निराला कार्कीको संयोजकत्वमा गठित कार्यदलका तर्फबाट स्वतन्त्र विज्ञ महेन्द्र मोरङ क्याम्पस विराटनगरका समाजशास्त्र विभागका प्रमुख डा. […]

मानव अधिकारका सवालबारे नियमित छलफल गरिने

विराटनगर ३ फागुन । मोरङको मानव अधिकारको अवस्थाबारे मासिक रुपमा छलफल तथा अन्र्तक्रिया गरिने भएको छ । मानव अधिकार सञ्जाल विराटनगरको अगुवाईमा नियमित छलफल गरिने निर्णय भएको छ । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा आज बसेको बैठकले मानव अधिकारका पछिल्लो अवस्था, टे«न्डहरुबारे नियमित छलफल अन्तरक्रिया गरि सरोकारवाला पक्षको ध्यानाकर्षण गराईने सञ्जालका संयोजक […]