११४ औं अन्तरराष्ट्रिय महिला दिवस रंगेलीमा मनाईयो

विराटनगर २३ फागुन । ११४ औं अन्तरराष्ट्रिय महिला दिवस मोरङको रंगेलीमा मनाईएको छ । मार्च ८ को अवसरमा ‘महिलामा लगानी सभ्य र सम्मुनत समाजको थालनी’ भन्ने मुल नाराका साथ रंगेली ७ स्थित जनता क्याम्पसमा भव्य रुपमा मनाईएको छ । राष्ट्रिय नाराको सन्दर्भमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक […]

जीवन विकासको पाचौं वार्षिकोत्सव मनाइयो

विराटनगर १६ फागुन । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवद्र्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखाहरुले १६३ स्थानमा कार्यक्रम गरी वार्षिक उत्सव […]

विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्ने तयारी

विराटनगर, १६ फागुन । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय […]

उर्लाबारीका विद्यालयमा नेपाल र ट्राफिक प्रहरीको जनचेतनामूलक कार्यक्रम

उर्लाबारी १६ फागुन । मोरङको उर्लाबारीमा रहेका विद्यालयहरुमा नेपाल र ट्राफिक प्रहरीको जनचेतनामूलक कार्यक्रमलाई व्यापक बनाइएको छ । नेपाल स्काउटको आयोजनामा सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेको हो । पहिलो चरणमा राधिका, अरनिको र सुनपकुवा माविमा कार्यक्रम सम्पन्न गरिएको छ । निजी विद्यालयहरुमा पनि कार्यक्रम सञ्चालनको तयारी छ । […]

वीरेन्द्र मावि ग्रामथानका विद्यार्थीलाई कपडा वितरण

विराटनगर १४ फागुन । मोरङ ग्रामथान १ को वीरेन्द्र माविका विद्यार्थीलाई कपडा वितरण गरिएको छ । पूर्वविद्यार्थी समाज र ग्रामथान गाउँपालिका कार्यालय १ को सहकार्यमा र विराटनगर निवासी अनिता दुगड, सनराईज सिटि होम लेडिज, काठमाडौं लेडिज सर्कल ११ को आर्थिक तथा सामग्री सहयोगमा गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरिएको हो । सरकारी विद्यालय प्रतिको […]