विराटनगर २१ साउन । कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई पनि सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न प्रकृया अगाडि बढाएपछि लिम्बू र मैथिली भाषिक समुदायले यसलाई सकारात्मक रूपमा लिएका छन् । कोशी प्रदेश सरकारको यस कार्यलाई सकारात्मक रूपमा लिनुपर्ने मैथिली भाषा अधिकारका अभियन्ता, संविधान सभा सदस्य तथा कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री जयराम यादवले बताउनुभयो । […]
विराटनगर १९ साउन । कोशी प्रदेशका प्रदेशको कार्यभार मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई तोकिएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन जाने भएपछि भण्डारीलाई कोशी प्रदेश प्रमुखको पनि जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालय शितल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभएको […]
विराटनगर १७ साउन । नेकपा एमाले विराटनगर महानगरपालिका अन्र्तगतका १४ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार एकै दिन भएको तेश्रो वडा अधिवेशनमा १४ वटामा सर्वसम्मत वडा कमिटीका अध्यक्ष सहितको समिति निर्वाचित भएको हो । ३ वटा वडामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको विराटनगर महानगर कमिटीका सचिव विज्ञान […]
विराटनगर १५ साउन । मोरङको टंकीसिनवारी जेसिजले वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । आगामी भदौ २७ गते विराटनगरमा भिम–अजिता ओराटोरि च्याम्पियनसिप हुने भएको हो । प्रतियोगितामा देशभर रहेका १८४ जेसिज शाखा तथा जुनियर जेसिज शाखाका प्रतिनिधिहरूको प्रतिस्पर्धा हुनेछ । कार्यक्रमबारे टंकीसिनवारी जेसिजका अध्यक्ष अनिष भट्टराईले आज विराटनगरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । खुला सहभागितामा हुने […]
विराटनगर १५ साउन । मापदण्डविपरीत माछा मासु व्यवसाय सञ्चालन गरेको व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवको नेतृत्वमा महानगरका विभिन्न क्षेत्रमा सञ्चालित माछा मासु पसलको अनुमन गरिएको थियो । विराटनगर–९ पुरानो गुद्रीमा सञ्चालित अलिहसन मियाँको पसलबाट १५ किलो, सोहराव कुरेसी, न्यू […]