आजदेखि सोह्र श्राद्ध शुरु

विराटनगर २३ भदौ । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ । यस अवधिमा दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ । शास्त्रीय मान्यताअनुसार, आमा–बुबा, पुर्खा, दिदीबहिनी, दाजुभाइ, पत्नी, गुरु–शिष्य लगायत दिवङ्गत […]

विराटनगरको बाल सुधार गृहलाई शैक्षिक सामग्री प्रदान

विराटनगर २२ भदौ । २२ औँ निजामती सेवा दिवसको अवसरमा आइतबार विराटनगरस्थित बाल सुधार गृहलाई शैक्षिक सामग्री र मसलन्द प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा कर्मचारी मिलन केन्द्र मोरङले उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले निजामती सेवामा कार्यरत सबैलाई शुभकामना दिँदै यसै वर्ष नयाँ निजामती […]

राष्ट्रसेवक बचत तथा ऋण सहकारीले एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने

विराटनगर २१ भदौ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरले २७ औं स्थापना दिवसको अवसरमा एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने भएको छ । आगामी असोज ४ गते बार्षिक साधारणसभाका अवसरमा किशोरी खतिवडा स्मृति पुरस्कार, दधिराम दाहाल स्मृति पुरस्कार र हिरनकुमार थापा स्मृति पुरस्कार प्रदान गरिने सहकारीले आज घोषणा गरेको हो । […]

‘संसारी खबर’ अनलाईनको उद्घाटन

विराटनगर १९ भदौ । विराटनगरबाट संसारी खबर अनलाईन समाचार पोर्टलको शुरुवात गरिएको छ । प्रेस खबर मिडिया प्रालिद्धारा सञ्चालित अनलाईनको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले शुभारम्भ गर्नु भएको थियो । विराटनगर ८ मा कार्यालय रहेको अनलाईनको आजदेखि औपचारिक रुपमा शुरुवात गरिएको संस्थाका अध्यक्ष सुनिल यादवले बताउनुभयो । अनलाईन शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार […]

कोशी प्रदेश : विपद्जन्य घटनामा ७४ जनाको मृत्यु, ९५ घाइते

विराटनगर, १७ भदौ । कोशी प्रदेशमा बैशाख देखि साउन सम्म चार महिनाको अवधिमा विभिन्न विपद्जनय घटनाका कारण ७४ जनाको मृत्यू हुनुका साथै ९५ जना घाइते भएका छन् । यस अवधिमा कोशी प्रदेशमा सबै भन्दा बढी विजुलीको करेन्ट लागेर २९ जनाले आफ्नो ज्यान गुमाएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत विपद् महाशाखाले जनाएको छ […]