नेपाल टेलिकम कोशीद्धारा १९ जनालाई दीर्घ सेवा पदकबाट सम्मान

विराटनगर २२ माघ । नेपाल टेलिकमको कोशी प्रदेश कार्यालय विराटनगरले २१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । आज विराटनगर स्थित प्रादेशिक कार्यालयको हलमा आयोजित कार्यक्रममा प्रदेशका विभिन्न क्षेत्रका उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरुको सम्मान, २० वर्ष कार्य पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदकबाट सम्मान तथा विभिन्न खेलकुदमा उत्कृष्ट हुने कर्मचारीहरुलाई मेडल वितरणलगायतका कार्यक्रम […]

प्रेस चाैतारी माेरङद्वारा तीन पत्रकार सम्मानित

विराटनगर २२ माघ । प्रेस चौतारी नेपालकाे २७ औं स्थापना दिवसकाे अवसरमा प्रेस चाैतारी माेरङले तीन जनालाई सम्मानित गरेकाे छ । तीनै जनालाई काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सम्मानित गर्नुभयाे । चाैतारी मोरङले स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएकाे छ […]

प्रेस चौतारी मोरङले विद्यावारिधि गर्ने दुई सदस्यलाई सम्मान गर्ने

विराटनगर २१ माघ । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले दुई सदस्यलाई सम्मान गर्ने भएको छ । माघ २२ गते मंगलबार विराटनगरमा स्थापना दिवसको अवसर पारि प्रेस चौतारी मोरङका संस्थापक सचिव डिल्ली पोखरेल र पूर्व सचिव धर्मराज ढकाललाई सम्मान गरिने अध्यक्ष चीना थापाले जानकारी दिनुभयो । पोखरेलले नेपालको आर्थिक विकासमा […]

बेरोजगार यूवाहरुलाई लक्षित गरि मोरङको कटहरी गाँउपालिकाद्धारा हलुका सवारी चालक तालिम सञ्चालन

विराटनगर, २० माघ । मोरङको कटहरी गाँउपालिकाले हलुका सवारी चालक तालिम दिन शुरु गरेको छ । बेरोजगारीका कारण धेरै युवाहरु विदेशीने गरेका कारण अन्तराष्ट्रिय श्रम बजारमा अत्यधिक माग भएको हलुका सवारी चालकका लागि दक्ष र सक्षम युवाहरु उत्पादन गर्ने उद्देश्यले कटहरी गाँउपालिकाले तालिम आयोजना गरेको अध्यक्ष देवराज चौधरीले जानकारी दिनुभयो । कटहरी गाँउपालिका वडा नं. […]

सुनसरीको धरानमा राष्ट्रिय प्राविधिक महोत्सव डेल्टा ५.०

धरान, १९ माघ । सुनसरीको धरानस्थित पूर्वाञ्चल क्याम्पसमा यस वर्ष पनि राष्ट्रिय प्राविधिक महोत्सव डेल्टा ५.० जारी छ । कृषि र नविनताका लागि प्रविधि विषयवस्तुमा आधारित यो महोत्सव माघ  २० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको औपचारिक उद्घाटन माघ १८ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विज्ञान र प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनशील […]