विराटनगर १६ पुस । लायन्स क्लब अफ विराटनगर सोसियलले माेरङ रङ्गेली नगरपालिका -१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका कक्षा ९ र १० का ९३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकाे छ।
सोसियलका अध्यक्ष लिला ढुंगेलको नेतृत्वमा विद्यालयमा पुगेको टोलीले विद्यार्थीहरुलई न्यानो कपडा वितरण गरेकाे हाे । सो अवसरमा क्लबका फर्स्ट भाइस प्रेसिडेन्ट शिव रिजाल, सेकेन्ड भाइस प्रेसिडेन्ट सुदिर श्रेष्ठ, सेक्रेटरी नोविन ओझा , कोषाध्यक्ष मोहन दास चौहान पदाधिकारी हरू लगायतले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेका थिए।
कार्यक्रममा क्लबका अध्यक्ष ढुंगेलले आगामी दिनमा समेत विद्यालयलाई आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए। हाल विद्यालयमा ४ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्।
अधिकांश विद्यार्थीहरू आदिवासी जनजाति सीमान्तकृत समुदायका रहेका छन ।
मोरङको पूर्वी उत्तर तर्फ रहेको यस विद्यालयको स्थापना २०२४ सालमा भएको हो। विद्यालयको भौतिक शैक्षिक लगायत विकासमा लायन्स क्लब अफ विराटनगर सोसियलले आगामी दिनमा सहयोग गर्ने क्लबका फर्स्ट भाइस प्रेसिडेन्ट शिव रिजालले बताए ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्रीले विद्यालयको भौतिक अवस्था तथा अन्य समस्याहरू जानकारी गराएका थिए।
न्यानो कपडा ग्रहण गर्दै विद्यार्थीहरू एलिसा थारु दिग्मा राई, शैलेन्द्र ठाकुर, पवित्र प्रधान, कौशल राउत लगायतले लायन्स क्लब अफ विराटनगर सोसियललाई धन्यवाद दिँदै आगामी दिनमा समेत विद्यालयमा सहयोग गर्न अनुरोध गरे।
विद्यार्थीहरूले कक्षा १ देखि कक्षा ८ सम्मका बाँकी विद्यार्थीहरूलाई पनि यसैगरी अन्य सामाजिक संघसंस्थाले जाडोबाट बच्नको लागि न्यानो कपडा सहयोग गरिदिएमा गरिब विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्ने बताएका छन् ।