मोन्था चक्रवातका कारण कोशी प्रदेशमा धान र तरकारी बालिमा २ अर्बको क्षति

विराटनगर १९ कात्तिक । मोन्था चक्रवातका कारण यही कात्तिक १३ देखि १६ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरका अनुशार प्रदेशको १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति हुँदा ५८ हजार २६७.२६ मेट्रिक टन धान […]

सरकारले सहीद घोषणा गरेका ४५ जना मध्ये ११ जना कोशी प्रदेशका

विराटनगर १७ कात्तिक । सरकारले आज जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहीद घोषणा गरेको छ । सरकारले घोषणा गरेका ४५ जनामा ११ जना कोशी प्रदेशका रहेका छन् । जसमा सन्तोष बिश्वकर्मा बेलका–४ उदयपुर, श्रीयम चौलागाई बेलबारी–११ मोरङ, अभिषेक श्रेष्ठ इनरुवा नगरपलिका–६ सुनसरी, मोहन सरदार इटहरी–१४ सुनसरी, छत्रमान कुथुमी पाख्रिबास–२ धनकुटा, साजन राई धरान–२२ […]

अपाङ्गता सहायता कक्ष हस्तान्तरण गरिदै, बैठक कक्ष बनाउने मन्त्रालयको तयारीप्रति अपाङ्ग महासंघको विरोध

विराटनगर १७ कात्तिक । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय परिसरमा निर्माण गरिएको अपाङ्गता सहायता कक्ष आज हस्तान्तरण गरिदैछ । अपाङ्गता पुर्नस्थापनाको क्षेत्रमा कार्यरत संस्था करणा फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिहरुका लागि निर्माण गरिएको पहुँचयुक्त सहायता कक्ष सामाजिक विकास मन्त्रालयलाई आज हस्तान्तरण गर्ने भएको हो । पहुँचयुक्त शौचालय सहितको अपाङ्गता हेल्प डेक्सको प्रयोग अर्कौ प्रयोजनका लागि […]

जेनजी आन्दोलन : कोशी प्रदेशमा ७७ करोडको क्षति

विराटनगर १५ कात्तिक । गत भदौ २४ मा भएको ‘जेनजी आन्दोलन’ का क्रममा कोशी प्रदेशमा आगजनी र तोडफोड हुँदा सरकारी सम्पत्तिमा करिब ७७ करोड रुपैयाँ बराबरको ठूलो क्षति भएको छ । कोशी प्रदेश सरकारले गठन गरेको ‘क्षति अध्ययन तथा मूल्यांकन समिति’ ले तयार पारेको प्रतिवेदनले यो विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रतिवेदनले […]

आज हरिबोधनी एकादशी

विराटनगर १५ कात्तिक । कात्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। […]