महेन्द्र माेरङ क्याम्पस प्राध्यापक संघका लागि क-कस्काे पर्याे उम्मेदवारी ?

विराटनगर, १० भदौ । आगामी  भदौ १३ गते शुक्रबार हुने  त्रिभुवन विश्वविद्यालय प्रध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाइको निर्वाचनका लागि मङ्गलबार १४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । सङ्घको क्याम्पस इकाइको ११ जनाको कार्य समितिका लागि १४ जनाले उम्मेद्वारी दर्ता गराएको सङ्घको क्याम्पस इकाइ निर्वाचन समितिले जनाएको छ । नेपाली काँग्रेस निकट नेपाल […]

आम सञ्चार विधेयक पारित अनिश्चत भयो : मुख्यमन्त्री कार्की

विराटनगर १० भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार विधेयक पारित हुन समय लाग्ने बताउनु भएको छ । उहाँले चालु संसद अधिवेशनबाट विधेयक पारित हुने संभावना कम भएको बताउनुभयो । न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भएर प्रदेशसभामा पेश भएको विधेयक प्रेस मैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघ आन्दोलित भएपछि विधेयक पारित हुने संभावना […]

तीज पर्व महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक : मुख्यमन्त्री कार्की

विराटनगर, भदौ १० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने विश्वास व्यक्त गर्नुभएको छ। हरितालिका तीजको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले यो पर्वलाई केवल धार्मिक मात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीक रूपमा लिनुपर्ने बताउनुभएको छ। मुख्यमन्त्री कार्कीले तीज पर्वले हाम्रो संस्कृति, परम्परा […]

आज हरितालिका तीज पर्व मनाईदै

विराटनगर १० भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत […]

कांग्रेस विराटनगर–४ द्वारा क्रियाशिल प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

विराटनगर,९ भदौ । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । वडाका विभिन्न २८ वटा टोल समितिका सभापति र क्रियाशिलहरु संग भेटघाट तथा परामर्श गरी कार्यक्रम सम्पन्न गरेको हो । उक्त अभियान विधिवतरुपमा भदौ १४ गते शनिबार बिहान वडा कार्यालय कञ्चनबारीमा एक कार्यक्रमका बीच सम्पन्न हुने वडा सभापति राजकुमार तवदारले […]