विराटनगर २४ माघ । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले संविधानले लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको बताउनुभएको छ । नेपालको संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुख खापुङले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले यस संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन […]
विराटनगर २४ माघ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको छैटौं दिन मंगलबार मनोज गजुरेलको रोचक घोचक प्रस्तुति हुने भएको छ । साथै मिठो स्वरका कारण युवा मनहरु माझमा लोकप्रिय बनेका गायक एकदेव लिम्बुले मिठामिठा गीतहरुबाट दर्शक स्रोतालाई आनन्दित बनाउने छन् ।‘कमेडी किङ’ गजुरेलले विभिन्न व्यक्तिहरुको क्यारिकेचरका साथै एकल प्रहसन प्रस्तुत गर्नेछन् । साथै उनले समाजका […]
काठमाडौं २४ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संचार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुने बताएका छन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा न्यायलयमाथि गरेको अनावश्यक टिप्पणी र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संचार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै कांग्रेस नेता कोइरालाले भने, ‘स्वतन्त्र न्यायपालिका र […]
विराटनगर २४ माघ । विराटनगर– ५ स्थित एभरेष्ट एजुकेशन फाउण्डेसनले तीन दिवसीय ‘एभरेष्ट कार्निभल २०७९’ को आयोजना गर्ने भएको छ । ‘उत्कृष्टता नवप्रर्वदन र विकासतर्फको यात्रा’ भन्ने मुल नाराका साथ अघि बढेको एभरेष्टले पहिलो पटक ‘एभरेष्ट कार्निभल’को आयोजना गर्न लागेको हो । एभरेष्ट कलेजमा आज आयोजित पत्रकार सम्मेलनमा फाउण्डेसनका संस्थापक तथा प्रिन्सिपल टिकाराम पुरीले यहि […]
विराटनगर २४ माघ । देशकै पुरानो अस्पताल कोसी अस्पतालका विभागीय प्रमुखहरूले दक्ष जनशक्तिको अभावमा अस्पतालको सेवा प्रवाह प्रभावकारी रूपमा दिन नसकेको बताएका छन् । १ सय ३२ वर्ष पुरानो अस्पतालले प्रदेश १ का १४ जिल्ला, मधेस प्रदेश र भारतको बिहार राज्यका बिरामीलाई समेत सेवा दिनुपर्ने भए पनि जनशक्ति नहुँदा समस्या भएको उनीहरूको तर्क छ ।अस्पतालमा […]