विराटनगर १ असार । मानव अधिकार सञ्जाल मोरङको संयोजकमा विनोद पोखरेल सर्वसम्मत चयन हुनु भएको छ ।
मानव अधिकारकर्मीहरूको विहिबार विराटनगरमा भएको भेलाले माइती नेपाल विराटनगरका संयोजक समेत रहनु भएका पोखरेललाई संयोजकमा निर्वाचित गरेको हो । भेलाले सहसंयोजकमा बाग्मता कट्टेललाई चयन गरेको छ । कट्टेल अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कोशी प्रदेश कार्यक्रम अधिकृत हुनुहुन्छ । मानवअधिकारवादीहरू बिच समन्वय, मानव अधिकारको विषयमा बहस, पैरवी तथा छलफल गर्ने उद्देश्य सहित यो सञ्जालको सुरुवात गरिएको इन्सेक कोशी प्रदेश कार्यालयका प्रमुख सोमराज थापाले बताउनुभयो ।
मानव अधिकारको क्षेत्रमा कार्य गर्दै आएको सञ्जालको हरेक ३ वर्षमा नेतृत्व परिवर्तन हुँदै आएको छ ।