प्रदेश १ का मन्त्रीहरुको कार्यविभाजन सोमबार हुने

विराटनगर ५ माघ । प्रदेश १ का मन्त्रीहरुको कार्य विभाजन सोमबार हुने भएको छ । विना विभागिय मन्त्रीका रुपमा रहेका सवै मन्त्रीहरुले सोमबारबाट संवन्धित मन्त्रालयबाट कार्य शुरु गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । आज पत्रकारहरुसँगको भेटमा मुख्यमन्त्री कार्कीले विना विभागियका रुपमा काम गरिरहनु भएका मन्त्रीहरुले सोमबारबाट विभागिय मन्त्रालयको जिम्मेवारी पाउने उहाँको भनाई छ । […]

जिवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सकलाई कारवाहीको माग

विराटनगर, ५ माघ । जिवित शिशुलाई मृत घोषणा गर्ने कोशी अस्पताल विराटनगरका चिकित्सकलाई कारवाही गर्न यूवा संघ विराटनगरले माग गरेको छ । अस्पतालका डा. आकाश यादव, अहेव लक्ष्मण माझी, टीका भण्डारी साथै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई तत्काल निलम्बन गरी कारबाहीको माग गर्दै यूवा संघले अस्पताल परिसरमा प्रदर्शन गरेको छ । गैर जिम्मेवारी चिकित्सकलाई […]

ज्येष्ठ नागरिक वडा समितिको तेस्रो साधारणसभा सम्पन्न

विराटनगर ३० पुस । ज्येष्ठ नागरिक वडा कार्यसमिति विराटनगर–११ को दोस्रो साधारणसभा सम्पन्न भएको छ ।एक समारोहका बीच साधारणसभाको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीप समाजले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ज्येष्ठ नागरिकका लागि हरेक वडामा एकीकृत भवन निर्माण गर्नु […]

प्रदेश १ : उपसभामुखमा सिर्जना दनुबार निर्वाचित

विराटनगर, ३० पुस । प्रदेश १ की उपसभामुख सिर्जना दनुवारले पद तथा गोपनियाताको सपथ लिनुभएको छ । आज उपसभामुख दनुवारले प्रदेश १ का सभामुख बाबुराम गौतमबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो । आजकै प्रदेशसभा बैठकबाट बहुमतका आधारमा उपसभामुख पदमा दनुवार निर्वाचित हुनुभएको थियो । प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचनमा दनुवारको पक्षमा ५७ मत परेको […]

विराटनगर ८ द्धारा मधुमेह र रक्तचाप परीक्षण

विराटनगर ३० पुस । विराटनगर महानगरपालिका वडा नम्वर ८ ले हरेक महिनाको अन्तिम शुक्रबार जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम अन्र्तगत स्वास्थ्य परीक्षण गर्दै आएको छ । पुस महिनाको अन्तिम शुक्रबार पनि न्युरो कार्डियो अस्पतालको प्राबिधिक सहयोगमा वडाका जेष्ठ नागरिकहरुको मधुमेह र रक्तचाप परीक्षण गरीएको वडाध्यक्ष राम पोखरेलले बताउनुभयो । जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण वडा कार्यालयमा गरिएको […]