देशभर थप ६२३ जनामा कोरोना संक्रमण

विराटनगर, ३ भदौ । पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा […]

विराटनगरमा जेष्ठ नागरिक भवन उद्घाटन

विराटनगर, ३ भदौ । विराटनगर–११ मा नवनिर्मित ज्येष्ठ नागरिक सामुदायिक भवनको आज एक समारोहका बीच उद्घाटन गरिएको छ । नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले ज्येष्ठ नागरिक खुल्ला किताब भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई समाजले […]

विराटनगर उपप्रमुख कार्कीद्वारा वडा र शिक्षा महाशाखाको अनुगमन

विराटनगर, २ भदौ । विराटनगर महानगरपालिकाले मातहतका कार्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रुपमा काम नगर्ने जनगुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बिहीबार वडा कार्यालय र शिक्षा महाशाखाको अनुगमन गर्नु भयो । उपप्रमुख कार्कीले आज ७ र ८ वडा कार्यालयको अनुगमन गर्नु […]

देशभर ५४२ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २ भदौ । पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको परीक्षणमा ५४२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको छ । […]

विराटनगरमा प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी

विराटनगर, २ भदौ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराध अनुसन्धानका लागि प्रहरी कर्मचारीलाई सुरक्षित र मजवुद् बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं १ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा संचालन भएको १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीमा बोल्दै मन्त्री कार्कीले अपराध […]