मातहतका कार्यालयहरुले समन्वय गर्नै छाडे : स्वास्थ्य सचिव डा. देवकोटा

विराटनगर २५ मंसिर । कोशी प्रदेश सरकार अन्र्तगतका कार्यालयहरु आफुखुशी चल्ने गरेको पाईएको छ । मन्त्रालयमा लामो समय देखि विभागिय मन्त्री नतोकीदाँ मातहतका कार्यालयहरुले समन्वय गर्न छाडेको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाको गुनासो छ ।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारीमा रहनु भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की समक्ष सचिव डा. देवकोटाले सो गुनासो गर्नु भएको हो । सचिव डा. देवकोटाले आफु मातहतका कार्यालयहरुले समन्वय नगरि अघि बढ्ने गरेको उहाँको गुनासो छ । मुख्यमन्त्री कार्की समक्ष उहाँले भन्नुभयो,‘ मातहतका कार्यालयबाट समन्वयको अभाव रहेकोले सो को व्यवस्था गरिदिनु हुन अनुरोध छ ।’
कार्यक्रममा मुख्यमन्त्री कार्कीले आगामी एक महिनाभित्र शैलजा आचार्य हृदय रोग उपचार केन्द्र अस्पताल सञ्चालन गर्न निर्देशन दिनु भएको छ । सरकार गठनको एक सय दिन पुगेको अवसरमा विराटनगर–१० मा अस्पताल उद्घाटन गरि सेवा सञ्चालन गर्न कुनै किसिमको ढिलासुस्ती नगरी आजदेखि काममा लाग्न उहाँले निर्देशन दिनुभयो । मुख्यमन्त्री कार्कीले आगामी १५ दिनभित्र विशेषज्ञ सहित उपचार सेवा ओखलढुङ्गा र अन्य एक अस्पतालमा सञ्चालनको लागि आवश्यक व्यवस्था गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।

मुख्यमन्त्री कार्कीसँगको छलफलका अवसरमा मन्त्रालय अन्तर्गतका प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य कार्यालय, प्रदेश प्रयोगशाला लगायतका कार्यालयका प्रमुख एवं प्रतिनिधि कर्मचारीहरुले जनतामा प्रदान गरिएका सेवाका विषयमा जानकारी गराएका थिए ।