कृषकका समस्या समाधान गर्छु : मुख्यमन्त्री कार्की

विराटनगर १४ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दुध उत्पादक कृषकका समस्या समाधान गर्ने बताउनु भएको छ । नेपाल पाराभेटनरी एण्ड लाइभष्टक एशोसिएशनको ३४ औं स्थापना दिवसमा अवसरमा आज यहाँ आयोजित दुध तथा दुधजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्प सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले कृषकहरुले लिखित रुपमा उपलव्ध […]

सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण नियन्त्रणमा महानगरको अनुगमन

विराटनगर १४ मंसिर । सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाउन महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि अनुगमनलाई तीव्र पारेको हो । सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यन्वयनमा ल्याउन […]

कोशी प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक ( वजेट) सर्वसम्मतिले पारित

विराटनगर १३ मंसिर । कोशी प्रदेशसभाबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक ( वजेट) सर्वसम्मतिले पारित भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सदनमा जवाफ दिएपछि एमाले र राप्रपाका ८ जना प्रदेश सभा सदस्यले दर्ता गराएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि बजेट पास भएको छ । विधेयकको विषयमा सदनमा छलफल चलिरहँदा […]

भ्रामक सूचना विरुद्ध विराटनगरमा कार्यशाला हुने

विराटनगर १३ मंसिर । भ्रामक-मिथ्या सूचना विरुद्ध विराटनगर कार्यशाला हुने भएको छ । नेपालस्थित अमेरिकी दुतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह, प्रोजेक्ट जागरणले भ्रामक-मिथ्या सूचना विरुद्ध युवाहरुलाई सशक्त पार्ने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको हो । आगामी मंसिर १४ र १५ गते शिक्षादीप कलेज र अरनिको कलेज विराटनगरमा कार्यशाला गर्न लागिएको आयोजकले बताएको छ […]

बाल अधिकारको क्षेत्रमा सिविनको निरन्तरता आवस्यक : अधिकारकर्मी

विराटनगर १३ मंसिर । सिविन नेपाल आज देखि ३७ औं वर्षमा प्रवेश गरेको छ । ३६ औं बार्षिकोत्सवको अवसरमा सिविन नेपाल कोशी प्रदेश कार्यालय विराटनगरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सरोकारवाला संस्थाहरुले बाल अधिकारको क्षेत्रमा सिविनको निरन्तरता आवस्यक रहेको बताएका छन् । अधिकारकर्मी दिनेश श्रेष्ठले नेपाली बालबालिकाको क्षेत्रमा सिविनले सवैभन्दा महत्वपूर्ण काम गरेको बताउनु […]