विराट देव सेवा समितिद्धारा एक सय ६८ जनालाई सम्मानित

विराटनगर १३ माघ । विराट देव सेवा समितिले जग्गा दता हिराप्रसाद देव र गौरीदेवी देव सहित एक सय ६८ जनालाई सम्मान गरेको छ ।

विराटनगर–१३ स्थित समितिले आयोजना गरेको प्रथम वार्षिक उत्तसव र सम्मान कार्यक्रमा उहाँहरुलाई सम्मान गरिएको हो । देवले विराट देवा समितिको नाममा विराटनगर–१३ सैनिक टोलमा एक करोड बराबरको एक कट्ठा ७ धुर जग्गा दान गर्नुभएको थियो ।

समितिको नाममा जग्गा उपल्ब्ध गराउन सुरक्षा अस्पतालकी सञ्चालक डा.रम्भा देवले सहजीकरण गर्नुभएको समितिका अध्यक्ष राजेन्द्र कुमार देवले बताउनुभयो । जग्गा दता हिरा प्रसाद देव र गौरीदेवी देव डा.रम्भा देवको आमा र बुबा हुन् । उहाँहरुको सहयोगले अहिले देव समुदायमा संगठित हुन ठूलो मदत पुगेको समतिका अध्यक्ष देवले बताउनुभयो । यता कार्यक्रममा जग्गा दता देव र सहयोगी मनकारीहरुलाई सम्मान गर्नु हुँदै कोशी प्रदेशका प्रदेश सभा सदस्य अमृत अर्यालले देव समाजका लागि आर्थिक सामाजिक रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

समितिले भवन निर्माण काम सुरु गर्न वित्तिकै सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । विराट देव सेवा समितिको नाममा अहिले एक कट्ठा १६ धुर जग्गा रहेको छ । समितिले उक्त जग्गामा बागेश्वरी देवी माताको मन्दिर, र सामुदायिक भवन निर्माण गर्ने योजना रहेको समितिका संस्थापक सह–सचिव जितेन्द्र देवले जानकारी दिनुभयो ।

कार्यक्रममा मोरङ, सुनसरी र मधेश प्रदेशगरी ५ सय भन्दा बढी देव समुदायका मानिसहरु सहभागीता रहेको थियो ।