मानव बेचविखन नियन्त्रणका लागि सरोकारवालावीच अन्तरक्रिया

विराटनगर ५ पुस । माईती नेपाल विराटनगरले मानव बेचविखन नियन्त्रणका लागि सरोकारवालासँग आज अन्तरक्रिया कार्यक्रम गरेको छ । विराटनगरमा रहेको विभिन्न संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, कानुन व्यवसायी लगायतको सहभागितामा मानव वेचविखन र यसको वर्तमान अवस्था, प्रभावहरु र सरोवालाहरुसँगको सहकार्य र समन्वयको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको माईती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले […]

विराट एक्स्पो : रोजगार पेभिलियनमा आकर्षण

विराटनगर, पुस ४ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोले बेरोजगारहरू युवायुवतीहरूलाई आकर्षण गरेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका […]

बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

विराटनगर, ४ पुस । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचाबाट गयराति २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङ रहेका छन् । उनीहरुले सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिकालाई बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी […]

सुनसरी सीतागञ्ज स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवा शुरु

विराटनगर ४ पुस । सुनसरीको बर्जु २ मा फिजियोथेरापी सेवा शुरु भएको छ । सीतागञ्ज स्वास्थ्य चौकीमा सो सेवा शुरु गरिएको हो । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, बर्जु गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागतमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानीय स्तरमै निशुल्क रुपमा फिजियोथेरापी सेवा शुरु गरिएको बताईएको […]

तलब नपाएपछि कोसी अस्पतालका कर्मचारी र चिकित्सक आन्दोलित

विराटनगर, ३ पुस । समयमा तलब नपाएपछि विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना कर्मचारीहरूले तलब माग्दै आन्दोलन थालेका हुन् । उनीहरुले आज बिहान एक घण्टा अस्पताल प्रशासन अगासड धर्ना दिए । आन्दोलनका कारण बिहान १० बजेदेखि ११ बजेसम्म ओपीडी सेवा बन्द रहयो […]