बुढानीलकण्ठ स्कूलद्धारा तहगत उत्कृष्ट विद्यार्थीलाई नगद सहित पूर्णछात्रबृत्ति

विराटनगर २३ माघ । विराटनगर २ को बुढानीलकण्ठ स्कूलले तहगत रुपमा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार सहित पूर्ण छात्रबृत्ति दिएको छ ।

विद्यालयमा आज आयोजित पुरस्कार वितरण समारोहकमा शैक्षिक सत्र २०७९ मा कक्षागत प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुका साथै वर्षभरी साप्ताहिक खेलकुदमा तथा सह–शिक्षण कार्यक्रममा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको हो ।

विद्यालयले कक्षा नर्सरी देखी यूकेजी सम्मकै उच्चतम अंक ल्याउने छात्र अपेक्षा माझीलाई नगद ३ हजार, कक्षा १ देखी ५ सम्मको उच्चतम अंक ल्याउने छात्र रिशव चौलागाईलाई नगद ४ हजार, र कक्षा ६ देखी ९ सम्मको उच्चतम अंक ल्याउने छात्रा सनिसा शाक्यलाई नगद ६ हजार प्रदान गरिएको छ ।

उच्चतम अकं सहित पुरस्कृत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रशंसापत्र वितरण गरिएको स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षागत प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई मासीक शुल्कमा ७५, ५० र २५ प्रतिशत छुट दिने ब्यवस्था पनि गरिएको छ ।

विद्यालयले बेष्ट ब्वाईको उपाधि बिप्लव नेपाल, बेस्ट गल्र्सको उपाधि साम्राज्ञी बस्नेत र बेस्ट अल राउण्डरको उपाधी सिरीन भट्टराईलाई प्रदान गरिएको छ । हाउस तर्फ हरेक बुधवार हुने कार्यक्रममा तथा अन्य सम्पुर्ण शैक्षिक गतिविधीको आधारमा धेरै अंक प्राप्त गरेर ब्ल्यु हाउस विजेता भएको घोषणा गरिएको थियो ।