विराटनगर १० चैत । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा बिहीबार राती सम्पन्न खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का गरेको होे । जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । […]
विराटनगर, ९ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताउनु भएको छ । नेपाल समाजशास्त्र सङ्घ काठमाडौ र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज विराटनगरमा आयोजित नेपालमा सङ्घीयता : अवसर र चुनौति विषयक अन्तरक्रियाको उद्घाटन गर्दै उहाँले भन्नु भयो ‘सङ्घीयता स्थापना पछि प्रदेशमा १५० संरचना निर्माण गरि इतिहास […]
विराटनगर, ९ चैत । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित हुनु भएको छ । झापाको बिर्तामोडमा सम्पन्न महासंघको अधिवेशनले राउतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन भएका छन् । सुवास आचार्य कोषाध्यक्ष चयन भएका छन् […]
विराटनगर ९ चैत । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको दोश्रो चौमासिक समीक्षा कार्यक्रम विहीबार विराटनगरमा सम्पन्न भएको छ । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरू र करूणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्रविधिक साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत चालु आर्थिक बर्ष २०७९–०८० को दोश्रो चौमासिक समीक्षामा […]
विराटनगर ७ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानीले उत्पादकत्व वृद्धि हुनुपर्ने बताउनु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्घठनको संयुक्त लगानीमा विराटनगर–१७ रानी भन्सार एक नं गेट क्षेत्रमा निर्माण गरिने आकाशे पुल र स्वागतद्वारको आज शिलन्यास गर्दै सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले सरकारले […]