विराटनगर १७ चैत । यसपटक विराटनगरमा जिल्लस्तरीय बृहतरुपमा ६७ औँ सहकारी दिवस मनाउन लागिएको छ । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने मुल नाराका आगामी चैत २० गते सहकारी दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय सहकारी दिवसलाई भव्य बनाउन मोरङका सवै सहकारी र अभियान्ताहरु लागि परेका छन् । जिल्ला सहकारी संघ मोरङको आयोजनामा हुने सो दिवस मनाउन चैत लागेसँगै विभिन्न कार्यक्रम यतिबेला भइरहेको छ । शुक्रबार जिल्ला व्यापीरुपमा मोटरसाइकल र्याली निकालिएको छ ।
विराटनगरमा शुक्रबार दिउँसो ३ः३० बजेदेखि निकालिएको र्यालीमा हजारौँको संख्यामा सहकारी अभियान्ताहरुको सहभागीता रहेको मुल आयोजक समितिका संयोजक डा डिल्ली पोखरेलले बताए ।
विराटनगरस्थित पुष्पलाल चोकबाट निकालिएको मोटरसाइकल र्यालीले नगर परिक्रमा गरेको थियो ।
जिल्ला सहकारी संघको आयोजनामा चैत २० गते विराटनगरमा हुने तय गरिएको राष्ट्रिय सहकारी दिवस भव्य बनाउन सबै सहकारीका सञ्चालकहरु आ–आफ्नो क्षेत्रबाट लागि परेको प्रचारप्रसार उपसमितिका सह–संयोजक अविनाशकुमार निधीले जानकारी दिए ।